back
NMB ad

फुटबलःनेपाल भर्सेस उज्वेकिस्तान !

Kumari bank ad

काठमाडौ । २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा सोमबार नेपालले उज्वेकिस्तानको सामना गर्दै छ । खेल युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार बेलुका ८ बजेर १० मिनेटपछि खेल सुरु हुनेछ ।

पहिलो खेलमा युएईसँग ५–० गोल अन्तरले हारेको नेपाललाई समूह विजेता बन्न कठिन देखिएको छ । उज्वेकिस्तानले आफ्नो पहिलो खेलमा लेबनानलाई हराइसकेको छ । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब छ । नेपालले आफ्नो छनोटको सम्भावना कायम राख्न उज्वेकिस्तानसँगै बुधबार हुने लेबनानसँगको खेलमा ठूलो अन्तरको जित हासिल गर्न आवश्यक छ । जारी प्रतियोगितामा एक खेल खेलेको नेपाल अङ्कविहीन छ भने समान खेल खेलेको उज्वेकिस्तानले जित हासिल गर्दै तीन अङ्क जोडेको छ । शनिबार नै भएको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

अङ्क तालिकामा नेपाल गोल अन्तरका आधारमा अन्तिम स्थानमा छ भने उज्वेकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी, नेपाललाई पराजित गरेका युएई तीन अङ्कका साथ शीर्षस्थानमा छ भने लेबनान तेस्रो स्थानमा छ ।

अर्को वर्ष चीनमा हुने २३ वर्षमुनिको एएफसी फुटबल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूह चरणका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेता टोली फाइनलका लागि छनोट हुने छन् ।

नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्य उज्वेकिस्तानसँगको खेलमा युएईसँगको खेल बिर्सिएर राम्रो प्रदर्शन गर्न आवश्यक रहेको बताउँछन् । प्लेइङ ११ मा केही परिवर्तन गर्ने सोचमा उनी छन् । पहिलो खेलमा ५(० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक शाक्यले पहिलो खेल भएकाले खेलाडीले नराम्रो गरे भनेर भन्ने ठाउँ नरहेको बताएका थिए ।

युएई राम्रो टिम भएको आफूहरुको सामान्य गल्तीले हार व्यहोर्नु परेको उनले बनाएका थिए । युएईलाई घरेलु मैदानको पनि फाइदा पुगेको उनको प्रतिक्रिया थियो । नेपालमा पानी पर्ने मौसम रहेको तर युएई आउने बित्तिकै ४० डिग्रीको तापक्रममा भिड्नु पर्ने भएकाले पनि समस्या रहेको उनको प्रतिक्रिया छ । उज्वेकिस्तानसँगको खेलमा सुधार हुने उनले बताएका छन् ।

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १३:१६ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...