back
NMB ad

तपाईलाई कति कित्ता पर्यो, आईपिओ बाँडफाँड भयो नि ?

Kumari bank ad

काठमाडौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडले जारी गरेको आईपिओको बाँडफाँड शुक्रबार गरिएको छ । संस्थाले हालै जारी गरेको ६ लाख कित्ता आईपिओ काठमाडौँको नक्सालस्थित नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड परिसरमा बाँडफाँड गरिएको हो ।

न्यूनतम ५ हजारदेखि अधिकतम एक लाख तीन हजारसम्मको आवेदन दिएका लगानीकर्तालाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक नविल इन्भेष्टमेन्टले जनाएको छ । नविलका अनुसार चिठ्ठा पर्ने प्रत्येकले १० कित्ताका दरले पाएका छन् । न्यूनतम एक लाख चार हजारदेखि तीन लाख रुपैयाँसम्मको आवेदन दिने लगानीकर्तालाई भने ०.८९ प्रतिशत कित्ता समानुपातिक ढंगले वितरण गरिएको छ ।

कम्पनीको आईपिओमा कुल एक लाख २४ हजार सात सय २५ वटा आवेदन परेको थियो । न्यूनतम ५० देखि अधिकतम ५ कित्तासम्मका लागि विनियोजित सेयरमा १०९ गुणा बढी आवेदन परेको थियो । यस्तै, न्यूनतम ५१० देखि ३ हजारसम्मको वर्गमा ११२ गुणा बढी आवेदन परेको थियो । कुल आवेदकमध्ये, ३८ हजार आठ आवेदकले मात्रै आईपिओ पाएका हुन् । नविलका अनुसार, दुई हजार ६२ आवेदन रद्द भएका थिए ।

जारी गरिएको कुल छ लाख कित्ता सेयरमध्ये, पाँच लाख ४० हजार कित्ता सेयर सर्वसाधारण आवेदकका लागि छुट्याइएको थियो । कर्मचारीका लागि ३० हजार कित्ता र म्युुचुुअल फण्डहरुका लागि बाँकी ३० हजार कित्ता छुट्याइएको थियो ।

प्रकाशित मितिः २०७३ फागुन २१

वि.सं.२०७३ फागुन २१ शनिवार १३:०२ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...