back
NMB ad

हाईड्रोको एफपिओमा तपाई पनि इच्छुक हो ? यसरी निष्काशन हुँदैछ

Kumari bank ad

काठमाडौ । बुटवल पावर कम्पनी लिमिटेडले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । एफपिओ निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति दिएको छ । कम्पनीले बोर्डमा चैत १३ गते निवेदन दिएको हो ।

कम्पनीले दुई लाख चार हजार कित्ता एफपिओ निष्काशन गर्नका लागि बोर्डसँग अनुमति माग गरेको हो । कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा तीन सय ७० रुपैंया प्रिमियम थप गरी कम्पनीले चार सय ७० रुपैयाँमा एफपिओ निष्काशन गर्नेछ । कम्पनीले प्रस्तावित मूल्य प्रक्षेपित मात्र भएको भन्दै २० प्रतिशतले मूल्य विचलन भएमा सो को कारण समेत सार्वजनिक गर्ने बताएको छ ।

कम्पनीको गत आसार २७ गते सम्पन्न साधारणसभाले एफपिओ निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले सेयर निष्काशत तथा बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल लिमिटेड तथा लक्ष्मी क्यापिटल लिमिटेडलाई दिएको छ ।

एफपिओ निष्काशन गरेर संकलन भएको रकम कम्पनीले निर्माणाधीन आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निर्माण सुरु गरेको छ ।

प्रकाशित मितिः २०७३ चैत १५

वि.सं.२०७३ चैत १५ मंगलवार १७:१८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...