back
NMB ad

थाहा पाइराख्नुहोस्, पाँच कम्पनीले जारी गर्दैछन् करोडौंको एफपिओ

Kumari bank ad

काठमाण्डौं । अहिले सेयर बजारमा एफपिओको आकर्षण बढ्दो छ । यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको एफपिओ निश्कासन गर्दा ५१ अर्ब ८८ करोड रुपैयाँ संकलन हुनुले यसैको पुष्टि गर्दछ।

पछिल्ला तीन वर्ष लगातार नाफामा चलेको हुने, प्रिमियम रकम जगेडा कोषमा गएपछि बोनस सेयर पाइनेजस्ता कारणले पनि एफपिओमा आकर्षण बढेको हो। एफपिओको घोषणा गरेपछि बजारमा समेत कम्पनीको मूल्य सामान्यतः बढ्ने गरेको पाइन्छ।

के तपाई पनि एफपिओ अन्तर्गत जारी हुने सेयर किन्न चाहनुहुन्छ ? त्यसो हो भने थाहा पाइराख्नुहोस्, हाल बैंक र बिमासहित पाँच कम्पनीले एफपिओ निश्कासनको प्रक्रिया अघि बढाएका छन्। दुई वाणिज्य बैंकहरु स्टाण्डर्ड चार्टड र एनएमबि बैंक तथा तीन बिमा कम्पनीहरु प्रिमियर, सगरमाथा र शिखर इन्स्योरेन्सले एफपिओ निश्कासन गर्ने तयारी गरेका छन्।

स्टाण्डर्ड चार्टड बैंक : स्टाण्डर्ड चार्टड बैंकले एफपिओका लागि यसै साताभित्र नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेको बिक्री प्रवद्र्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए। प्रक्रिया चाँडो भएमा सम्भवतः फागुनको अन्त्यसम्ममा स्टाण्डर्ड चार्टडको एफपिओ जारी गर्ने उनले भने। अहिले कम्पनीले प्रतिकित्ता १२ सय ९० रुपैयाँ तोकेको छ। बजारमा मूल्य प्रतिकित्ता २२ सय रुपैयाँको हाराहारीमा छ। बैंकको २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ जारी हुनेछ।

एनएमबि बैंक : एनएमबि बैंकले पनि एफपिओ जारी गरेर सर्वसाधारणको लगानी हिस्सा बढाउने भएको छ। यसअघि पुस २४ गते बसेको साधारणसभाले एफपिओको निर्णयलाई पारित गरेको छ। एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत घिमिरेका अनुसार एफपिओपछि हाल रहेको संस्थापक र सर्वसाधारणको ६४ तथा ३६ को अनुपात ५१ तथा ४९ कायम हुनेछ। बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँको हाराहारीमा छ। ८८ करोड रुपैयाँ एफपिओबाट जुटाउने एनएमबिको तयारी छ।

प्रिमियर इन्स्योरेन्स : प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ निश्कासन गर्ने भएको छ। कम्पनीको पुस १४ गते बसेको साधारणसभा बैठकले एफपिओ निश्कासनको निर्णय पारित गरेको हो। कम्पनीले एनएमबि क्यापिटल मार्केटलाई बिक्री प्रवन्धकको रुपमा नियूक्ति गरिसकेको छ। हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ सय रुपैयाँको हाराहारीमा रहेको छ।

शिखर इन्स्योरेन्स : गत पुस ८ गते बसेको शिखर इन्स्योरेन्सको बाह्रौ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशत एफपिओ निश्कासन गर्ने निर्णय गरेको हो। यसअनुसार १३ लाख ६९ हजारभन्दा बढी कित्ता हुन आउने कम्पनीका सहायक म्यानेजर सुजित श्रेष्ठले जानकारी दिए। संस्थापकको हिस्सा घटाएर साधारण सेयरको ४० प्रतिशत बढी कायम गर्ने उद्देश्यले कम्पनीले एफपिओ जारी गर्ने भएको हो। कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता २१ सय रुपैयाँको हाराहारीमा छ।

सगरमाथा इन्स्योरेन्स : सगरमाथा इन्स्योरेन्सले पनि साधारण सेयरको हिस्सा ४० प्रतिशत कायम गर्न प्रिमियममा एफपिओ निश्कासन गर्ने भएको छ। कम्पनीको पुस २७ गते बसेको २० औं साधारणसभा बैठकले एफपिओ निश्कासन गर्नका लागि संचालक समितिलाई अख्तियारी दिएको छ। कम्पनीको बजारमा सेयर मूल्य प्रतिकित्ता साढे ११ सय रुपैयाँको हाराहारीमा छ।

९ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ९ आइतवार ११:२८ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....