back
NMB ad

एफपिओबारे धितोपत्रको चासो, अब नयाँ नियम कस्तो हुनसक्छ ? पढ्नुहोस्

Kumari bank ad

काठमाडौं । एक पटक सर्वसाधारणमा सेयर जारी गरिसकेको कम्पनीले सर्वसाधारणबाट पुनः रकम संकलन गर्न प्रयोग गरिने उपकरण नै एफपिओ अर्थात् फर्दर पब्लिक अफरिङ हो । नेपाल धितोपत्र बोर्डले एफपीओ (नयाँ सेयर) निष्कासनको नाममा पटक पटक सर्वसाधारणबाट पुँजी उठाउँन नदिने सम्भावना रहेको छ ।

‘एफपीओबाट सजिलै पैसा उठायो, त्यही पुँजीबाट लाभांश लियो अनि फेरी पनि एफपीओ जारी ग¥यो, यस्तो हुने सम्भावना बढेपछि भितोपत्र बोर्ड उक्त निष्कर्षतिर पुगेको हो ।

पहिले जारी गरेको एफपीओबाट उठेको रकम के कसरी प्रयोग गरियो भन्ने जानकारी दोस्रो पटक एफपीओ जारी गर्न निकालिने आवहान पत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था समेत धितोपत्र बोर्डले गर्ने भएको छ । एफपीओ जारी गर्दा अंकित मूल्यभन्दा बढिमा गर्न पाइन्छ । अंकित मूल्य बराबरको रकम सेयर पुँजीमा जाने र बाँकी रकम कम्पनीहरुको सञ्चितीमा जोडिन्छ । एफपीओ जारी गर्दा नयाँ प्रवेश हुने लगानीकर्ताबाट बढि पैसा असुल हुने र पुराना सेयरधनीले समेत पछिल्ला वर्ष बोनस लाभांश पाउँने गर्छन् ।

तर सञ्चितीमा जाने बाँकी रकम लाभांश वितरणमा मात्रै प्रयोग गर्न पाइने भएकोले कम्पनीहरुले कमाई खासै गर्न नसकेपनि लाभांश वितरण गर्न सकिने पर्याप्त अवस्था बन्छ । यसले पुँजी उठाएर त्यसको लगानीबाट आम्दानी गरेर आएको प्रतिफल वितरण गर्नेभन्दा पनि सजिलोसँग लाभांश वितरण गरिरहने सोच हावी हुन सक्ने भएपछि धितोपत्र बोर्डले यसमा चासो देखाएको हो ।

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले चुक्ता पूँजीको नयाँ मापदण्ड तोकेपछि यी संस्थाहरुमध्ये कतिपयले एफपीओ जारी गरिरहेका छन् । यता, बीमा कम्पनीहरुले पनि ऐच्छिक रुपमा चुक्ता पुँजी वृद्धिको लागि यही प्रक्रिया अपनाइरहेका छन् ।

प्रकाशित मितिः २०७३ माघ ५

वि.सं.२०७३ माघ ५ बुधवार १४:२३ मा प्रकाशित

You can share this post!

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...