काठमाडौ । पोखरा फाइनान्स लिमिटेडले साउन २५ देखि थप सार्वजनिक निष्काशन(एफपीओ) निष्काशन गर्ने भएको हो ।
फाइनान्सले १ सय रुपैयाँ अंकित मुल्यमा १ सय २० रुपैयाँ प्रिमियम थप गरी दुई सय २० रुपैयाँ प्रति कित्तामा एफपीओ निष्काशन गर्न लागेको छ । फाइनान्सले नौ लाख ८३ हजार छ सय ८२ कित्ता एफपीओ निष्काशन गर्नेछ ।
पोखराको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । उक्त एफपिओ निष्काशन भदौ ७ भित्रमा बन्द हुनेछ । न्यूनतम १० कित्ता र बढीमा ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइनेछ ।
प्रकाशित मितिः २०७४ साउन २१
वि.सं.२०७४ साउन २१ शनिवार १५:४९ मा प्रकाशित