back
NMB ad

जो पार्टी खोलेको १३ महिनामा राष्ट्रपति भए !

Kumari bank ad

काठमाडौ । ३९ वर्षका मध्यमार्गी नेता इम्यानुएल म्याक्रोन फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । नेपोलियन बोर्नापाटदेखि अहिलेसम्म आइपुग्दा परम्परागत मुख्य दुई पार्टी बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति हुन् ।

फ्रान्सको इतिहासमा कम उमेरमा राष्ट्रपतिमा निर्वाचित म्याक्रोनले दक्षिण पन्थी नेतृ मरिन ली पेनलाई हराएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् । म्याक्रोनले ६६ प्रतिशत भन्दा बढी मत पाए भने ली पेनले झण्डै ३४ प्रतिशत मत पाईन्।

पूर्व इन्भेस्टमेन्ट बैंकर म्याक्रोनले १३ महिनाअघि एन मार्चे (अन द मुभ) पार्टी बनाएर राजनीति सुरु गरेका थिए । त्यसबेला तत्कालिन सरकारमा अर्थमन्त्री रहेका म्याक्रोनले एन मार्चे गठन गरेको केही महिनापछि राजीनामा दिएर राष्ट्रपतिमा उम्मेद्वारी घोषणा गरे । आक्रामक तथा प्रभावकारी चुनावी अभियानका कारण म्याक्रोनले किशोर किशोरी, युवा, प्रौढलाई प्रभावित पारे । मतदानको समयसम्म आइपुग्दा म्याक्रोनको प्रभाव पाका उमेरका फ्रान्सेली नागरिकमा पनि पर्‍यो ।

युरोपियन युनियनको पक्षमा रहेका म्याक्रोनले फ्रान्समा रहेको वर्ग समस्या अन्त्य गरी नागरिकमा आशाको सञ्चार गर्ने प्रतिबद्धता जनाएका छन् ।

म्याक्रोनले इयुको विपक्षमा रहेकी मरिन ली पेनलाई हराएर राष्ट्रपति बनेपछि फ्रान्स इयुमा रहने नरहने विवाद लगभग टुंगिएको विश्लेषण गरिएको छ । इयुका जिन–क्लाउडे ज्यानकरले फ्रान्सले युरोपको भविष्यलाई चुनेको बताए । उनले ट्वीट गरेर फ्रान्सले युरोपको भविष्य चुनेकोमा खुशी रहेको र एकीकृत तथा पारदर्शी इयुका लागि काम गर्नुपर्ने बताएका छन् ।

युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टुस्कले स्वतन्त्रता, समानता र भातृत्वको पक्षमा मत दिएकोमा फ्रान्सेली नागरिकलाई धन्यवाद दिएका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विजयी भएका म्याक्रोनलाई बधाई दिएका छन् । उनले सहकार्यमा काम गर्न चाहेको बताएका छन् ।

यस्तै गएको नोभेम्बरमा ट्रम्पसँग पराजित हुनुभएकी हिलारी क्लिन्टनले म्याक्रोनको जित विश्वका लागि भएको बताएकी छिन् । म्यानक्रोनका जित फ्रान्स, इयु तथा विश्वका लागि रहेको उनले बताईन् ।

बेरोजगारीको अन्त्य र आतंकवादको नियन्त्रण म्याक्रोनको सबैभन्दा ठूृलो चुनौती रहेको विश्लेषकले बताएका छन् । म्याक्रोनले आउँदो आइतबार जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मितिः २०७४ बैशाख २५

वि.सं.२०७४ वैशाख २५ सोमवार १३:४० मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...