back
NMB ad

फ्रान्स या पोर्चुगल : कसले उठाउला युरोकप २०१६ को उपाधी ?

Kumari bank ad

काठमाण्डौं । युरोकप २०१६ को फाइनल खेल सोमबार बिहान नेपाली समयअनुसार पौने एक बजे हुँदैछ। उपाधिका लागि आयोजक फ्रान्स र पोर्चुगल बीच प्रतिस्पर्धा हुनेछ। यसअघि आठ पटक युरोकपमा सहभागिता जनाउँदा दुई पटक च्याम्पियन बनेको फ्रान्स तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको रेकर्ड बराबरी गर्ने तयारीमा छ। यता दोस्रो पटक फाइनल पुगेको पोर्चुगल पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ।

फ्रान्स सन् २००० मा दोस्रो पटक उपाधि जितेको १६ वर्षपछि फाइनल पुगेको हो। यसक्रममा अपराजित रहेको फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २–० ले हराएको थियो। घरेलु मैदानमा शानदार इतिहास रहेको फ्रान्स यसपटक पनि उक्त लयलाई निरन्तरता दिने योजनामा छ।

यता सन् २००४ मा घरेलु मैदानमै भएको युरोकपमा फाइनल पुगेपनि पोर्चुगल उपविजेतामै सिमित रह्यो। पोर्चुगल उपाधि भिडन्तमा ग्रिससँग पराजित भएको थियो। १२ वर्ष पछि युरोकपको फाइनल पुग्ने क्रममा पोर्चुगलले सेमिफाइनलमा वेल्सलाई २–० ले हराएको थियो। फाइनल खेल हुने तालिका निम्नानुसार छ स्

खेल हुने समय       : मध्यराती १२ः४५ बजे
खेल हुने स्थान       : सेन्ट डेनिस, पेरिस
हेर्नलायक खेलाडी   : क्रिस्टियानो रोनाल्डो पोर्चुगल, एन्टोनी ग्रिज्मन फ्रान्स
हेड टु हेड            : पोर्चुगल ५, फ्रान्स १८, बराबरी १
युरो सहभागिता      : पोर्चुगल ७, फ्रान्स  ९
फिफा वरियता       : पोर्चुगल ८, फ्रान्स १७
मुख्य उपलब्धी       : पोर्चुगल उपविजेता २००४
फ्रान्स विजेता सन् १९८४, २०००
रेफ्रि                      : मार्क क्लाटेनवर्ग इंगलयाण्ड
असिस्टेन्ट                : सिमोन बेक, जेक कोलिन, इंगल्याण्ड
एडिसनल असिस्टेन्ट    : एन्तोनी टेलर, आन्द्रे मारिनर, इंगल्याण्ड
फोर्थ अफिसियल       : भिक्टोर कसाई, हंगेरी
रिजर्भ असिस्टेन्ट        : ग्योर्जी रिङ, हंगेरी

२६ असार २०७३, १२।००

वि.सं.२०७३ असार २६ आइतवार १४:०५ मा प्रकाशित

You can share this post!

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...