back
NMB ad

तपाईको जिल्लालाई फ्रिवाईफाई जिल्ला बनाउने हो ? यसरी जुटाउन सकिन्छ पैसा !

Kumari bank ad

नेपालका अधिकाँस स्थापनमा इन्टरनेट नभएकै कारण धेरै मानिसहरुले विश्वभरका सम्पूर्ण जानकारी लिन सकिरहेका छैनन् । उनीहरु सूचनाबाट पनि पछि परिरहेका छन् । तर अब जिल्लालाई नै फ्रिवाईफाई जिल्ला बनाएर सबैमाझ विश्वलाई जोड्ने अभियान प्रवासबाट सुरु भएको छ ।

रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु ५० लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिएका छन् ।

मोनाले देश रेहका र सबै बिदेशमा रहेका मोनाको कार्यसमितिमार्फत सहयोग सङ्कलन कार्यलाई निरन्तरता दिएको जनाएको छ । मोनाको विश्वका २२ देशमा राष्ट्रिय समिति गठन भएको छ । रु चार करोड लागत अनुमान गरिएको योजनाका लागि नेपाल ग्रामीण दूरसञ्चार प्राधिकरण कोषले ५० प्रतिशत लगानी गर्न सहमति जनाएको छ । वित्तीय स्रोत व्यवस्थापन भएको छ महिनाभित्र सबै बस्तीमा इन्टरनेट पु¥याउने गरी उक्त तयारी गरिएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २१

वि.सं.२०७३ कात्तिक २१ आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...