back
NMB ad

भ्यागुताको मात्र उपचार हुने अस्पताल बिरालाले छाउरा सारे झैं !

Kumari bank ad

अठार वर्र्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर सेवा सञ्चालन गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ । द कायन्र्स फ्रग हस्पिटल, आफ्नो अलग्गै पहिचान बोकेको विश्वभरीकै एक मात्र भ्यागुते अस्पताल पनि हो भनी परिचत छ ।

बिरालोले छाउरा सारे झैँ स्थापनाकालदेखि अहिलेसम्म पाँच पटक विभिन्न स्थानमा सर्दै आइसकेको यस अस्पताल वर्तमान भवनमा सरेको आठ वर्र्ष बितिसकेछ । हाल आएर, घरबेटीले सो भवन अब बिक्री गर्नुपरेकाले खाली गराइ देउ भनी अस्पताल प्रशासनलाई भनेपछि भ्यागुते अस्पताल अब फेरी एक पटक अन्यत्र सर्न बाध्य भएको हो ।

कुनै पनि ब्यापार, ब्यबसाय वा कार्यालय सञ्चालन गर्न आफूले चाहना गरेजस्तो उपयुक्त भवन भाडामा पाउनु वा लिनु सिड्नीमा एक कठीन र चुनौतिपूर्ण कार्य हो । त्यसमाथि पनि, भ्यागुताहरुको उपचारजस्तो सम्बेदनशील कार्यका लागि उपयुक्त भवन पाउनु त सोचेभन्दा निकै परको महा कठीन कार्य स्वाभाविक रुपले भइ हाल्यो ।

हाम्रो यस नर्थ क्वीन्सल्याण्डमा घर, जग्गा खरीद–बिक्री या भाडा, बहाल लेन–देन ब्यबसायमा लागेका (रियल इस्टेट एजेन्ट्स)ले आवासिय होस् वा जस्तो सुकै, भवन खाली हुनासाथ, आवश्यक भए पनि नभए पनि घरभरी जथाभावी ठूलो परिमाणमा कीटनाशक औषधि छर्किने गर्छन् ।

हाम्रो कामको प्रकृतिअनुसार एक पटक किटनाशक औषधि छर्किएपछि त्यो भवन हामीलाई कामै लाग्दैन कायन्र्स फ्रग हस्पिटलकी संस्थापक एवम् अध्यक्षा डेबोराह पेर्गालोट्टी सिन्ह्वा प्रतिनिधिलाई बताउँछिन् । साँच्चिकै भन्नु पर्दा, एकातिर भ्यागुते अस्पताल सार्न नयाँ भवन फेला पार्नु कठिन र चुनौतिपूर्ण त छँदैछ, अर्कोतर्फ खेतबारीलाई मल जल शुद्धिकरण गर्ने, खेतीपाती गर्ने, बालीनाली थन्क्याउने क्रममा होस् वा अन्य कुनै पनि प्रयोजनका लागि होस्, चाहिने भन्दा बढी परिणाममा किटनाशक विषादीका जथाभावी प्रयोगका कारण संसारबाटै भ्यागुताको सङ्ख्या बिस्तारै लोप हुँदै जानुले चिन्ता उत्पन्न गराएको छ फ्रग हस्पिटलकी अध्यक्षा पेर्गालोट्टीलाई ।

संसारका कुनै पनि प्रजातिका भ्यागुता आफ्ना प्राकृतिक गुणअनुसार रासायनिक पदार्थप्रति अत्यन्त सम्बेदनशील हुन्छन् । त्यसमाथि, कीटनाशक विर्षादीको गन्ध भएपछि त भ्यागुताले अलिकति पनि पचाउन सक्दैनन् । खै के भनौँ, भारी परिमाणमा जीव प्राणघातक कीटनासक विषादी प्रयोग गर्नमा हाम्रो अस्ट्रेलिया त एक नम्बरमा रहेको छू अध्यक्षा डेबोराह भन्छिन् ।

अस्पताल सार्नका लागि नयाँ भवन फेला पार्न कीटनाशक विर्षादीले मात्र होइन घरभाडाले पनि त्यत्तिकै चुनौति थपेको छ । दसिड्नीमा हिजोआज घरभाडाको दर यति आकाशिएको छ कि, कुरा गरी साध्यै छैन ।

सिड्नीका कुनै पनि बेचल्तीका इलाका वा शहर, बजारको केन्द्रदेखि टाढा टाढाका कुना कुनाका ससाना घरका बहाल पनि हप्ताको चारसय पचास अस्ट्रेलियाली डलर (तीन सय चालीस अमेरिकी डलर)भन्दा बढी पर्छ ।

भ्यागुते अस्पताल सञ्चालन गर्नुपर्ने भवनका लागि सिड्नीको केन्द्रिय इलाका (डाउन टाउन)भन्दा निकै टाढाको स्थानमा गए पनि प्रतिहप्ता आठसयदेखि दुई हजार अस्ट्रेलियाली डलरसम्म पर्ने अनुमान गरेकिछिन् डेबोराहले ।

यस उपचार केन्द्र सञ्चालन गर्नुभन्दा पहिला एउटा भ्यागुते अस्पताल स्थापना गरौं भनी हामीले समाजका बिभिन्न मानिसलाई गुहा¥यौँ । सुरुसुरुमा पशु (जलस्थलचर जीव) अधिकार अभियन्ताले समेतले तिमीहरुको हावा खुस्कियो कि क्या हो, किन यस्तो मूख्र्याइँ गर्न लागेका भनी गिज्याउँथे ।

अहिले तिनीहरु हाम्रो परिश्रम, काम र लगनशीलता देखेर छक्क पर्छन् । यो धरती सबै प्राणधारी जीवको साझा घर हो । एउटा भ्यागुतो बिरामी प¥यो वा उसको खुट्टो भाँच्चियो वा चोट पटक लाग्यो भन्दैमा उसलाई मर्न छाडिदिने ? टुलुटुलु हेरि रहने धर्तीका हरेक प्राणीलाई औषधि र उपचारको हक छ, बचाउन सकिने भएमा धर्तीका हरेक प्राणीलाई बचाउनुपर्छ । हामी हृदयमा यही आदर्श लिएर काम गरिरहेका छौँ यसले हामीलाई बडो सन्तोष र सुख मिलेको छू अध्यक्षा डेबोराहले भावुक भएर भनिन् ।

प्रकाशित मितिः २०७३ फागुन २१

वि.सं.२०७३ फागुन २१ शनिवार १४:०६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...