back
NMB ad

तयार रहनुहोस्, जारी हुँदैछ करिब १ करोड ४० लाख कित्ता सेयर !

Kumari bank ad

काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउनका लागि तीन बैंकले करिब १ करोड ४० लाख कित्ता सेयर जारी गर्ने भएका छन् । नेपाल एसबिआई बैैंक, एभरेष्ट बैंक र एनमएमबी बैंकले पुँजी बढाउनका लागि एफपिओ सेयर जारी गर्ने भएका हुन् ।

नेपाल एसबीआई बैंकले कुल ६७ हजार ७ सय ६८ कित्ता एफपिओ सेयर निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । गत आवको नाफाबाट बोनस सेयर दिनुअघिसम्म बैंकको ३ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। एफपिओपछि ६७ लाख रुपैयाँ पुँजी थप हुनेछ। सर्वसाधारणमा ३० प्रतिशत सेयर स्वामित्व कायम राख्नका लागि एसबीआईले एफपिओ सेयर निश्कासन गर्न लागेको हो । । एफपिओ सेयर निश्कासनको बिक्री प्रवद्र्धकमा एनएमबि क्यापिटल रहेको छ। यसको प्रतिकित्ता १ हजार ९ सय ३५ रुपैयाँ रहेको छ।

त्यस्तै, एभरेष्ट बैंकले ४५ करोड रुपैयाँ बरारबको ४५ लाख कित्ता एफपिओ सेयर जारी गर्ने भएको छ।  एभरेष्ट बैंकको  चुक्ता पुँजी २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।

त्यस्तै एनएमबि बैंकले पनि ८८ लाख ८० हजार कित्ता एफपिओ सेयर जारी गर्ने भएकोछ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार ४ अर्ब ४८ करोड रुपैयाँ उसको चुक्ता पुँजी रहेको छ।

३० असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ३० आइतवार ११:५१ मा प्रकाशित

You can share this post!

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...