back
NMB ad

नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला पुस ८ गतेदेखि

Kumari bank ad

काठमाण्डौं । नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला मानिने बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको सातौं संस्करण आगामी पुस ८ गतेदेखि पूर्वाञ्जलमा आयोजना हुने भएकोछ । प्रतियोगितामा २ सय ९४ स्वर्ण पदकका लागि भिडन्त हुने राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ।

परिषद्का अनुसार २ सय ९४ कै संख्यामा रजत र ४ सय ४७ कास्यका लागि कूल ४ हजार २८ महिला तथा पुरूष खेलाडीले प्रतिस्पर्धामा भाग लिदैछन्। यस प्रतियोगिता खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि कूल ५ हजार ८ सय ९६ को हाराहारीमा सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन ८ गते हुने भनिएपनि केही खेल पुस २ देखि नै सुरु हुने बताइएको छ।

प्रतियोगिता मोरङ, सुनसरी, सप्तरी, झापा, धनकुटा गरि पूर्वाञ्चलको ४ स्थानमा हुनेछ। सातौं राष्ट्रिय खेलकुदअन्तर्गत ३५ खेल सहभागी छन्। जसमा स्विमिङ, ट्रायथोलन र बडिबिल्डिङको स्पर्धा गत असोजमा काठमाडौंमै सम्पन्न भएको थियो। बाँकी ३० खेलको आयोजना पुस २ देखि सुरु हुनेछ।

रग्वी, डान्स स्पोर्ट्स, साम्बो, रक क्लाइम्बिङ र दोहोरी गरि ५ खेललाई प्रदर्शनीको रुपमा राखिएको छ। यस्तै, फेन्सिङ, गल्फ र स्नुकरको आयोजना भएपनि उनीहरूलाई पदक तालिकामा राखिएको छैन ।

२६ मंसिर २०७३, २।००

वि.सं.२०७३ मंसिर २६ आइतवार २०:०५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...