back
NMB ad

अहिले व्यापारी राजनीतिमा लागे राजनीतिज्ञ व्यापारमा लागे

Kumari bank ad

“अहिले व्यापारी राजनीतिमा लागे राजनीतिज्ञ व्यापारमा लागे”

चेम्बर आन्दोलनमा लागेको ३० वर्ष भईसकेको छ । व्यवसायीक हकहितका लागि जिल्लामा रहेर धेरै सेवा गरियो । अब केन्द्रमा नीतिगत मामलामा आफ्नो विचार प्रकट गर्दै योगदान दिनुपर्नेछ भनेर नेपाल उद्योग वाणिज्य महासंघ २ नं क्षेत्रको उम्मेदवारी बनेको छु । अलिकति दुःख लागेको कुरा “अहिले व्यापारी राजनीतिमा लागे राजनीतिज्ञ व्यापारमा लागे” यो अलि पचिरहेको छैन । हामीले बाटो बिराउनु हुँदैन, व्यापार गर्ने,राजश्व बुझाउने, देशलाई आर्थिक गति प्रदान गर्ने हाम्रो धर्म हो । यता राजनीतिज्ञले पनि व्यापार गर्न सुहाउन्न । उनीहरुले देशलाई हाँक्ने हो । नीति बनाउने हो, सबैलाई समेटेर अगाडि बढाएर लैजाने हो ।

उद्योग ,व्यापार र व्यवसायमा छोटो समयमा नाफा कमाउछु भनेर देखासिकी नगरौं

म व्यवसायीक क्षेत्रमा सबैको प्यार पाउने मान्छेको रुपमा आफुलाई चिनाउन चाहन्छु । त्यसैले पनि महासंघमा समय दिउं भन्ने लागेको छ । सबै उद्योग ,व्यापार र व्यवसायमा लाग्न चाहनेलाई भन्छु कि छोटो समयमा नाफा कमाउछु भनेर देखासिकी नगरौं । त्यस्तै राजनीतिक पृष्ठपोषण(टेन्डर, सिन्डकेट) लगायत विकृति हटाउँदै शुद्धिकरण गर्नुपर्नेछ ।

६०/७० वर्षको अबधिमा खास घरानाले मात्र नेपालको अर्थतन्त्रलाई आफ्नो कब्जामा राखिरहेको छ

देशलाई खतरनाक मोडबाट जोगाउनुपर्नेछ । पहिले राणाकालमा जस्तै विगत ६०÷७० वर्षको अबधिमा खास घरानाले मात्र नेपालको अर्थतन्त्रलाई आफ्नो कब्जामा राखिरहेको छ । त्यसको पञ्जाबाट निकाल्नु अहिलेको चुनौति हो ।

महासंघमा जित्नेले थप कार्यभार सहित चुनौतिको सामना गर्नुपर्छ

यस्तै एफएनसीसीआईमा जो उठिरहेका छौं, उहाँहरु सबै क्षमताबान हुनुहुन्छ । कसैले घमण्ड गर्नुहुन्न । जित्नेले थप कार्यभार सहित चुनौतिको सामना गर्नुपर्छ हार्नेले फेरी अर्काेचाटी जित्छ । हामी सबै मिलेर जित्नेहरुलाई सपोर्ट गर्नुपर्छ । जुन कर्ममा लागेका छौं इमान्दारीपूर्वक लागौं, राजनीति र व्यवसायलाई फरक–फरक ढंगले हेरौं भन्न चाहन्छु ।

प्रकाशित मितिः २०७३ चैत २६

वि.सं.२०७३ चैत २६ शनिवार १४:५६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...