back
NMB ad

थापालाई कारबाही गर्ने फाईल खोल्न अख्तियार अनिच्छुक किन ?

Kumari bank ad

काठमाडौ । नेपाल फुटबल एसोसिएसन (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले निलम्बन गरेको दुई वर्षभन्दा बढी समय बिते पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग यससम्बन्धी फाइल खोल्न अनिच्छुक देखिएको छ।

फिफाले थापालाई प्रतिबन्ध लगाउनुअघि नै अख्तियारले उनको मुद्दा तामेलीमा राखेको थियो। फिफाको इन्डिपेन्डेन्ट एथिक्स कमिटीको एड्जुडिक्टरी च्याम्बरले थापालाई १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रेंक जरिबाना गर्नासाथ अख्तियारका अधिकारीले अनुसन्धान थाल्ने प्रतिबद्धता जनाएका थिए । अख्तियार प्रवक्ता जीवराज कोइरालाले आफूले यसबारे केही बताउन नसक्ने बताए। सामान्यतया तामेलीमा राखेको मुद्दामा नयाँ प्रमाण फेला परेमा पुनः अनुसन्धान गर्न सकिन्छ, कोइरालाले भने, मलाई यसबारे अहिलेसम्म कुनै जानकारी छैन।

थापाविरुद्ध सन् २००१ देखि २०१२ को बीचमा फुटबल प्रोजेक्ट र घूसका रूपमा करोडौं रुपैयाँ अपचलन गरेको आरोप लागेको थियो। एसियाली फुटबल महासंघ (एएफसी) लेखापरीक्षण प्रतिवेदनमा थापाका छोरा गौरवको खातामा एएफसी पूर्व अध्यक्ष मोहम्मद बिन हमामबाट एक लाख अमेरिकी डलर पाएको खुलासा भएको थियो। थापाविरुद्धको उजुरीपछि अख्तियार र सार्वजनिक लेखा समितिले यस विषयमा अनुसन्धान गरेको थियो।

थापाले एन्फा नेतृत्वमा दुई दशकभन्दा बढी समय रहँदा ५८ करोड रुपैयाँ अपचलन गरेको तथ्य संसदीय समितिले निकालेको थियो। समितिले पनि उक्त प्रतिवेदन अख्तियारमा पठाएको थियो। तर, उक्त मुद्दा अदालतमा लैजान पर्याप्त प्रमाण नपुगेको भन्दै अख्तियारले छानबिन तामेलीमा राखेको थियो।

अनुसन्धानमा संलग्न सांसद रामहरि खतिवडाले थापाका अनियमितताबारे फेरि अनुसन्धान गर्न प्रयास भइरहेको बताए। हामीले लेखा समिति सचिवलाई अख्तियार सचिवसँग छलफल गरी थापाको मुद्दाबारे समितिमा अख्तियारका आयुक्तलाई बोलाउने मिति तय गर्न भनिसकेका छौं, खतिवडाले भने, फिफाले उनलाई दोषी ठहर गर्‍यो तर हाम्रो भ्रष्टाचारविरुद्ध क्रियाशील संस्थाले यस्तो ठूलो भ्रष्टाचारलाई पनि बेवास्ता गर्‍यो। संसद्ले यसलाई फेरि अघि बढाउँछ। नागरिकबाट

फाईल फोटो

प्रकाशित मितिः२०७४ साउन २३

वि.सं.२०७४ साउन २३ सोमवार १४:२३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...