काठमाडौ। निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् ।
राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव ०७२ असोज २९ गते उपसभामुख चयन भएका थिए । शनिबार मध्यरातबाट संसदको अवधि सकिएलगत्तै आइतबार बिहान यादव एमालेमा प्रवेश गरेका हुन् । उनी ०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए ।
प्रकाशित मितिः २०७४ असोज २९
वि.सं.२०७४ असोज २९ आइतवार १४:४८ मा प्रकाशित