back
NMB ad

७० प्रतिशत हकप्रद र बोनस सेयरको करबारे तपाईले थाहा पाउनुभयो ?

Kumari bank ad

काठमाण्डौं । गरिमा विकास बैंकले आगामी बैशाख १४ गतेदेखि ७० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । सोका लागि बैंकले चैत ३० गते सेयरधनी पुस्तिका बन्द गर्दैछ । यो सेयर बैंकले २० प्रतिशत बोनस सेयरका लागि आवेदन दिनेहरुले पनि भर्न पाउने छन् तर यसका लागि बोनस सेयर डिम्याट खातामा जम्मा नभएकाहरुले भने पूँजीगत लाभकर तिर्नुपर्नेछ ।

बैंकले यस अघि पनि सूचना प्रकाशित गर्दै साविकको सुभेच्छा विकास बैंकसँगको मर्जरका कारण पाएको कर छुटको उपयोग गर्दै लगानीकर्तालाई बोनसमा लाग्ने कर तिर्न आग्रह गरेको थियो । तपाईले २०७३ असोज चार गते पछि गरिमाको सेयर किन्नु भएको हो र डिम्याट खातामा उक्त सेयरले पाउने बोनस जम्मा भएको छैन भने बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल तथा गरिमा विकास बैंकका कुनै पनि शाखामा गएर लाभकर तिर्नु पर्ने हुन्छ । उक्त रकम जम्मा भए पछि बैंकले चरणबद्ध रुपमा बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिने जनाएको छ ।

बैंकले चैत २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा किनबेच भएर सो को सात दिन भित्रमा राफसाफ तथा नामसारी पुरा गराएका सेयरले हकप्रद भर्न पाउने जनाएको छ ।

२८ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २८ सोमवार ०८:०० मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...