काठमाडौं । गरिमा विकास बैंकको गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंक संचालक समितिको उक्त बोनस प्रस्तावलाई राष्ट्र बैंकले स्विकृत गरेको छ । अब बैंकको साधारणसभाले पारित गरेपछि उक्त बोनस वितरण हुनेछ ।
यसैगरी बैंकले बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा ७० प्रतिशत हकप्रद पनि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई पनि बैंकको साधारणसभाले स्विकृत गर्न भने बाँकी रहेको छ ।
प्रकाशित मितिः २०७३ माघ १२
वि.सं.२०७३ माघ १२ बुधवार १४:३३ मा प्रकाशित