back
NMB ad

घर–घरमा ग्याँस बम !

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ ।
नाफाखोर व्यापारी र व्यवसायीको कारण अहिले आम उपभोक्ताको घरघरमा बम फिट भएको झैं छ । छोटो समयमा अत्याधिक नाफा कमाउने व्यापारीको धन्दामाथि सरकारी निकायले अंकुश लगाउन नसक्दा आम उपभोक्ताहरु मारमा छन् । राजधानी काठमाडौ होस् या गाउँ–गाउँसम्म सबैको चुल्होमा जोडिएको कतिपय गुणस्तरहिन ग्याँस सिलिण्डरका कारण आम मानिसहरु मृत्यु सँग खेलिरहेका छन् । जोखिमै जोखिम मोलेर आगो बालिरहेका छन् । त्यस्तै ग्याँसको प्रयोग गर्नेक्रममा साबधानी अपनाउन नसक्दा धेरैले अकालमा ज्यान गुमाईरहेका छन् ।

केहि वर्ष पहिले माओवादी सभासद रामकुमारी यादवको ग्याँस चुहिएर आगलागी हुँदा ज्यान गएपछि सरकारी नियमनकारी निकाय वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग, आयल निगम, ग्याँस वितरक, व्यवसायीहरु सबै मिलेर बजार अनुगमन र सचेतना अभियानलाई तिव्र पारे । ग्याँसकै कारण जनताको प्रतिनिधि सभासदको नै मृत्यु भएपछि अब ग्याँसका कारण अरु मानिसले ज्यान गुमाउने छैनन् । ग्याँस चुहावट र बिष्फोटकै कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने किसिमका नीति नियम र सचेतना कार्यक्रम सर्वसाधारणको घर–घर सम्म पुग्नेछ भन्ने सबैको आशा थियो । तर सभासदको मृत्युको खबर केहि समय हल्ली खल्ली गर्ने माध्यमभन्दा केहि हुन सकेन । सरकारी नियमनकारी निकाय केहि थान फाईल उतारेर चुपचाप बनिदियो ।

त्यसअघि होस् या त्यसपछि पनि ग्याँस चुहावटका कारण धेरैको ज्यान गईसकेको छ । कतिपयको अंगभंग भएको छ । तापनि दुर्घटना हुँदा मात्र केहि सचेत बन्ने र अरुबेला चुपचाप बस्ने नेपाली परम्परा र संस्कृति नै बनेको छ ।

बजारमा नेकरिङ, फुटरिङका सिलिण्डर छ्याप्छ्याप्ति भए भनेर सोहि किसिमको कारबाहि प्रक्रिया पनि अगाडि बढाईए । नेकरिङ, फुटरिङका सिलिण्डर एकदमै खतरनाक मानिन्छ । यो विषय पनि केहि समयको हल्ली खल्ली पश्चात् गुपचुप पारियो । तिनै फुटरिङ, नेकरिङका तत्कालिन नाईके भनिएका शिवप्रसाद घिमिरे ग्याँस उद्योग संघको अध्यक्ष बने । उनलाई जनताको ज्यानको के मतलब विभिन्न समयमा ग्याँसको आपूर्ति नै बन्द गरिदिने भन्दै सरकारलाई नै धम्की दिंदै हिंडे । सरकारी निकाय भने यी सबै विषयलाई टुलुटुलु हेरि बस्यो । लाचार बनेर हेरिरह्यो ।
पछिल्लो समय जेठ ७ गते ललितपुरमा एचपी ग्याँस बिष्फोटमा परि ३ जनाले अकालमा ज्यान गुमाउनुपर्यो । त्यसपछि ग्याँसको प्रयोग र साबधानीबारे फेरी सचेतना भन्दै ग्याँस बिक्रेता महासंघले केहि स्थानमा ग्याँस प्रयोगमा अपनाउनुपर्ने साबधानीका विषयमा कार्यक्रम नै चलायो । महासंघको सचेतना कार्यक्रम सर्वसाधारणका लागि जानकारी लिने राम्रै माध्यम बनेकोछ कि छैन महासंघले नै भन्नसक्ला । तर यो भन्न सकिन्छ महासंघको मौसमी सचेतना कार्यक्रम आफुलाई बढि प्रचारमा ल्याउने चालबाजी भन्दा केहि होईन । कार्यक्रमका लागि कार्यक्रम गरेर बजारमा आफुलाई अब्बल छु भन्ने देखाउने कार्य मात्र भईरहेको छ । साँच्चै चुरो कुरो के हो ,लक्षित वर्गसम्म महासंघले ध्यान दिन सकेको छैन ।
कुनै बेला फुटरिङ, नेकरिङका सिलिण्डर ग्याँस बम नै हुन्, जुनसुकै बेला पड्किन सक्छ भन्ने महासंघ अहिले कहाँ छ थाहा छैन । हुन त ग्याँस सचेतनाको कार्यक्रम भनेर महासंघ देश दौडाहामा देखिन्छ तर कार्यक्रमको प्रभावकारीता कति छ भन्ने कुरा महासंघलाई आफैंलाई थाहा छैन ।

साबधानीपूर्वक प्रयोग गर्न नजान्दा बमकैरुपमा परिणत हुने ग्याँस सिलिण्डरको  प्रयोग गर्दा धेरै विषयमा ध्यान पुर्याउनु पर्दछ । होईन भने निमेश भरमै धेरैको ज्यान जानसक्छ ।

ग्याँसको प्रयोगमा ध्यान दिनुपर्ने विषयहरु:

१.सर्वप्रथम ग्याँसबाट खाना पकाउने काम जत्ति सजिलो छ त्यत्तिकै खतरा पनि । लापरबाही गरियो भने ग्याँस सिलिण्डर ग्याँस बममा परिणत हुन्छ । निमेशभरमा मानिसको ज्यान जान सक्छ भन्नेमा ख्याल पुर्याउनुपर्दछ ।
२.ग्याँस सिलिण्डरमा विभिन्न सूचनाहरु लेखिएको हुन्छ । सिलिण्डरको बीच भागमा दुई ठाउँमा नेपाली र अंग्रेजी भाषामा छोटकरीमा ग्याँस उद्योगको नाम र नामको माथिपट्टि उद्योगको लोगो हुन्छ । सिलिण्डरको कुममा तीनवटा ठाडा पाता जोडिएका हुन्छन् । एउटा पाताको भित्रपट्टि अंग्रेजी अक्षरमा ए वा बी वा सी वा डी को साथमा इस्वी सम्बतको अन्तिम दुई अंक लेखिएको हुन्छ । ए ले मार्च बी ले जुन सी ले सेप्टेम्बर र डी ले डिसेम्बर जनाउँछ । यी सूचनाले सिलिण्डरको एक्स्पायरी डेट प्रयोग गर्ने मिति जनाउँछ । यदि सिलिण्डरमा डी १६ लेखिएको भए सन् २०१६ डिसेम्बर पछि सिलिण्डर प्रयोग गर्न नहुने रहेछ भन्ने बुझ्नु पर्दछ । सिलिण्डरमा अगाडि जाँच मिति लेखिएको हुन्छ । एक्स्पायरी डेट सकिएको सिलिण्डर प्रयोग गर्नु हुँदैन ।
३. ग्याँस सिलिण्डर अग्लो ठाउँमा र चुलो होचो ठाउँमा राखेर बाल्नु हुँदैन । अग्लोमा चुलो र होचोमा सिलिण्डर राखेर बाल्नु पर्दछ । ग्याँस सिलिण्डर माथि चुलो राखेर बाल्नु हुँदैन ।
४. उपभोक्ताले ग्याँस किन्दा सिलिण्डर तौलेर किन्नु पर्दछ । सिलिण्डरको खाली तौलमा १४.२ किलो जोड्दा ग्याँस भरिएको सिलिण्डरको तौल हुनुपर्दछ ।
५. बजारबाट सिलिण्डर किनेर ल्याउँदा घोप्ट्याएर सुताएर वा गुडाएर ल्याउनु हुँदैन । अर्थात् सिलिण्डर सुताएर, गुडाएर ढल्काएर ओसार पसार गर्नुहुँदैन ।
६. चुलोमा जोड्ने पाइप गुणस्तरीय तथा १ मिटर ५० सेन्टिमिटर लामो हुनुपर्दछ । सो भन्दा लामो चाहिएमा सी ग्रेडको एम.एस.ट्युबको प्रयोग गर्नुपर्दछ ।
७. तापक्रम बढ्ने स्रोत आगो हिटर घाम लगायतको टाढा राखेर प्रसस्त हावा छिर्ने कोठामा ग्याँस चुलो बाल्नु पर्दछ ।
८. उपभोक्ताले ग्याँस खरिद गर्दा जाँच गर्ने मिति नसकिएको सिलिण्डर मात्र खरिद गर्नुपर्दछ ।
९.पानी नचुहिने खालको छिद्रबाट पनि ग्याँस चुहिन्छ । ग्याँस चुहियो भने गन्हाउँछ । ग्याँस चुहिएको थाहाँ पाएपछि बिजुलीको स्वीच सलाई मैनबत्ति वा आगो बाल्नु हुँदैन ।
१०. सिलिण्डर सुताएर ढल्काएर वा घोप्ट्याएर बाल्नु हुँदैन ।
११. ग्याँस प्रयोग गरिसकेपछि चुलो र रेगुलेटर दुवै ठाउँको स्वीच बन्द गर्नुपर्दछ ।
१२. सलाई बालेपछि मात्र चुलोको प्रयोग गर्नुपर्दछ । ग्याँस चुलो बाल्दा भान्सा कोठाका सबै झ्याल खोल्नु पर्दछ ।
१३. ग्याँस चुलोबाट चुरोट, मैनबत्ती लगायत बाल्नु हुँदैन ।
१४. खाना पकाउँदा सुतीको कपडा लगाउनु पर्दछ । नाइलनको कपडा प्रयोग गर्नै हुँदैन ।
१५. ग्याँस भरिएको सिलिण्डर चिसो सुख्खा र राम्ररी हावा बहने कोठामा भण्डारण गर्नुपर्दछ ।

प्रकाशित मिति: २०७३ भदौ ४

वि.सं.२०७३ भदौ ४ शनिवार ०८:४५ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...