back
NMB ad

धादिङ र जनकपुरमा ग्याँस भण्डारण स्थल बनाइंदै

Kumari bank ad

काठमाडौ । नेपाल आयल निगमले जनकपुर र धादिङमा ९० दिनलाई पुग्ने ग्यास भन्डारण स्थल निर्माण गर्ने तयारी गरेको छ । बजारमा एलपी ग्यासको आपूर्ति नियमित राख्न ९० दिनलाई पुग्ने गरी दुई स्थानमा भन्डारण स्थल निर्माण गर्न लागिएको हो ।

निगमले जनकपुरमा रहेको आफ्नै जग्गामा भन्डारणस्थल निर्माण गर्ने तयारी गरिरहेको छ । निगम प्रवक्ता सीताराम पोखरेलले ९० दिनलाई पुग्ने गरी एक लाख टन क्षमताको भन्डारणस्थल निर्माण गर्ने तयारी भइरहेको बताए ।

“जनकपुर र धादिङमा भन्डारणस्थल निर्माण गर्ने विषयमा छलफल भइरहेको छ,” प्रवक्ता पोखरेलले भने, “जनकपुरमा निगमको आफ्नै ९ बिघा जग्गा रहेकाले भन्डारणस्थल निर्माण गर्न सहज हुनेछ ।” इन्धन भन्डारणसँगै ग्यास भन्डारण स्थल निर्माण प्रक्रिया पनि अगाडि बढीरहेको उनले जानकारी दिए ।

यस्तै धादिङमा भन्डारणस्थल निर्माण गर्न जग्गा खोजी प्रक्रिया जारी रहेको निगमले जनाएको छ । जग्गा प्राप्त हुनासाथ भन्डारणस्थल निर्माण प्रक्रिया अगाडि बढाइने निगमले जानकारी दिएको छ । निगमसँग डिजेल, पेट्रोल, हवाई इन्धन र मटीतेल गरी भन्डारण क्षमता ७१ हजार किलोलिटर रहे पनि ग्यासको भन्डारण क्षमता छैन ।

भन्डारण क्षमता नहुँदा जुनसुकै बेला पनि बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै निगमले ९० दिनलाई पुग्ने भन्डारण स्थल निर्माण गर्न लागेको हो । निजी व्यवसायीसँग बुलेटमा ६ हजार टन ग्यास भन्डारण गर्ने क्षमता रहे पनि निगमसँग नहुँदा आपूर्तिमा सामान्य अवरोध हुनासाथ बजारमा ग्यासको हाहाकार हुने गर्छ ।

निगमका अनुसार ग्यासको खपत मासिक २५ देखि ३० हजार टन हुने गर्छ । ग्यासको भन्डारण नहुँदा गत वर्ष भारतले गरेको नाकाबन्दीका कारण उपभोक्ताले चरम अभाव खेप्नुपरेको थियो ।

सरकारले गत वर्षको बजेटमार्फत ९० दिनलाई पुग्ने गरी इन्धन भन्डारण गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । सोहीअनुसार निगमले विभिन्न स्थानमा जग्गा खरिद गरिसकेको छ । निगमले सातै प्रदेशमा ९० दिनलाई पुग्ने गरी पाँच लाख २४ हजार किलोलिटर इन्धन भन्डारण गर्न लागेको छ ।
निगमले चितवनमा २० बिघा, झापामा २२ बिघा, सर्लाहीमा २२ बिघा र भैरहवामा २२ बिघा जग्गा खरिद गरिसकेको छ । चितवन र भैरहवामा जेठमै भण्डारणस्थल निर्माणको उद्घाटन गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन ।

धादिङ र धनगढीमा पुनः टेन्डर गरिँदै

निगमले धादिङ, धनगढी र नुवाकोटमा भन्डारणस्थल निर्माण गर्न उपयुक्त जग्गा नभेटेकाले जग्गा खोजीका लागि टेन्डर गर्न लागेको छ । जग्गा प्राप्त हुनासाथ डिपो निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिने निगमले जानकारी दिएको छ । निगमले जग्गा खरिद गर्नका लागि ६० करोड रकम छुट्याएको छ ।

निगमका अनुसार प्रदेश १ मा ९२ हजार ४ सय ६५ किलोलिटर, प्रदेश २ मा ८१ हजार ५ सय ८७, प्रदेश ३ मा २ लाख १ हजार ५ सय ६६, प्रदेश ४ मा ३२ हजार ६ सय ३४, प्रदेश ५ मा ९७ हजार ९ सय ४, प्रदेश ६ मा ५ हजार ५ सय र प्रदेश ६ मा २१ हजार ७ सय ५० किलोलिटर इन्धन भन्डारण क्षमता विस्तार गर्न लागिएको छ ।

अहिले निगमसँग काठमाडौं, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र दीपायलका भण्डारण गृह गरेर ७१ हजार ६ सय २२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । जसमा पेट्रोल ५ हजार १ सय ८४ किलोलिटर, डिजेल ४२ हजार ४ सय र हवाई इन्धन ८ हजार ४ सय किलोलिटर भण्डारण क्षमता छ । कारोबार दैनिकबाट

प्रकाशित मितिः २०७४ आर २१

वि.सं.२०७४ असार २१ बुधवार ११:३० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...