back
NMB ad

कानुन मिचेर मनपरी शासन चलाउने दाउमा कांग्रेस र माओवादी ः सल्लाहकार रिमाल

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नियम मिचेर कांग्रेस र माओवादी केन्द्रले मनपरि शासन चलाउन खोजेको आरोप लगाएका छन् । बिहिबार नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)को छैठौं राष्ट्रिय महाधिबेसन प्रतिनिधि परिषद बैठकमा जिफन्ट अध्यक्ष समेत रहेका रिमालले संबिधान शंसोधन बिना हतार हतार सरकारमा गएर देशलाई जनप्रतिबिहिन पार्ने दिशामा कांग्रेस र माओवादी केन्द्र लागि परेको रिमालको आरोप छ ।

उनले भने, ʽनियम मिचेर मनलाग्दी सरकार गठनको नजिर कायम गर्न उनीहरु लागिपरेका छन् । प्रचण्ड र शेरबहादुर जी ले आलोपालो नेतृत्वमा २०७४ माघ सम्म सत्ताको नेतृत्व लिने, त्यतिबेला सम्म कुनै चुनाव पनि नगर्ने, जनप्रतिनिधिमुलक व्यवस्थापिका संसद पनि आयु सकिएर भंग हुन्छ । त्यस पछि बिना नियम चुनाब घोषणा गरेर जसरी मनलाग्छ त्यसरी सत्ता संचालनको दाउमा कांग्रेस र माओवादी केन्द्र लागेका छन् ।ʼ कांग्रेस माओवादीको देशलाई अस्थिरतातर्फ धकेल्ने योजनालाई एमालेले स्विकार नगर्ने उनले स्पष्ट पारे ।

सरकारले छिमेकी देश सँग मालिक र नोकरको जस्तो सम्बन्ध अन्त्य गरि असल साथीको जस्तो सम्बन्ध स्थापीत गर्न सफल भएको उनको भनाई छ । नेपालमा भईरहेको बिदेशी हस्तक्षेप अन्त्य गर्दै शक्तिको केन्द्र बालुवाटार र सिंहदरबारमा केन्द्रित गर्न पनि वर्तमान सरकार सफल भएको उनको दाबी छ । जनताको देश विकासको चाहनालाई कांग्रेस र माओवादी केन्द्रले आत्मसाथ गर्न नसकेको उनको आरोप छ ।Gefont 2

कार्यक्रममा एफइएस नेपालका प्रमुख देवराज दाहालले श्रमिकको सहभागीता सहितको श्रम नीति बनाउन ट्रेड युनियन संगठनहरु लाग्नुपर्ने बताए ।

त्यस्तै जिफन्टका महासचिव विष्णु लम्सालले प्रतिवेदन पेश गर्दै २०७२ साल सबै नेपालीलाई अनुकुल नभएपनि श्रम क्षेत्रमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने निर्णयहरु गर्न महासंघ सफल भएको बताएका थिए । सरकार फेरबदलले श्रमिकका अधिकार कुण्ठित हुने तर्फ चिन्ता जनाउँदै उनले नयाँ संबिधानमा सामाजिक सुरक्षा लगायतका विषय समेटिनुले श्रमिकमा उत्साह थपेको बताएका थिए ।

Gefont 3

कार्यक्रममा सहभागीहरुले नीति कार्यक्रममा ट्रेड युनियन हस्तक्षेप गरेर राज्यसँग जोडिनुपर्ने र बनेका कार्यक्रमलाई लागु गराउनुपर्ने बताए ।

प्रकाशित मिति ः २०७३ साउन ६

वि.सं.२०७३ साउन ७ शुक्रवार ००:२० मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...