back
NMB ad

कतारमा हुने विश्वकप पूर्वाधार निर्माणमा ७ हजार बढी मजदुरले ज्यान गुमाउने अनुमान

Kumari bank ad

काठमाडौ । सन् २०२२ मा कतारमा आयोजना हुन गईरहेको वल्र्डकपको लागि पूर्वाधार निर्माणकाक्रममा ७ हजार प्रवासी श्रमिकले ज्यान गुमाउने अनुमान गरिएको छ । प्रवासी श्रमिकको जीवन मूल्य छ भन्दै सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा उक्त भयानक तथ्याँक सार्वजनिक भएको हो ।

जिफन्ट र क्युपेक नेपाल, एनटियुसी र काउन नेपाल, सिएफटियुआई, एनडिडब्लुएम, एसिभि बिआईआइ, डब्लुसिएम लगायतका ट्रेड युनियन संगठनले संयुक्त पत्रकार सम्मेलन गरी कतारमा रहेका प्रवासी श्रमिकको कहालिलाग्दो तथ्याँक सार्वजनिक गरेको हो ।

सन् २०१० डिसेम्बरमा कतारमा विश्वकप आयोजनाको छनौट भएयता विभिन्न कारणबस पूर्वाधार निर्माणकै क्रममा १२ सय श्रमिकले ज्यान गुमाईसकेका छन् । यो आधारलाई हेर्ने हो भने सन् २०२२ सम्ममा ७ हजारभन्दा बढि प्रवासी श्रमिकको कतारमा पूर्वाधार निर्माण गर्दागर्दै ज्यान जाने खतरा रहेको भन्दै ती संगठनहरुले चिन्ता प्रकट गरेको छ । कतारको समृद्धिका लागि प्रवासीको सपना चकनाचुर हुन लागेको भन्दै यसतर्फ बेलैमा ध्यान पु¥याउनुपर्ने भन्दै मजदुर संगठनहरुले सरोकार पक्षको ध्यानाकर्षण पनि गराएको छ ।

४० डिग्रीभन्दा चर्काे तापक्रममा काम गर्नुपर्ने, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको सुबिधाबिना काम गर्नुपर्ने, श्रमिकहरु बस्ने आवासमा भिडभाड र दुर्गन्धित लगायत कारणले प्रवासी श्रमिकहरुको अवस्था झन् नाजुक देखिएको तथ्याँकमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले अन्यौलताका बीच कतारमा काम गर्न जाने श्रमिकलाई रोक्नुपर्ने र उनीहरुको सुरक्षामा ध्यान दिईनुपर्ने बताए ।

त्यस्तै जिफन्टका महासचिव विष्णु लम्सालले कतारको समृद्धिको कुरा गर्दा प्रवासी श्रमिकलाई उचित पारिश्रमिक, उचित कार्यवातावरण, सामाजिक सुरक्षा र सुरक्षित आप्रवासनका विषयमा सरकारले उचित कदम चाल्नुपर्ने बताए ।

मजदूर संगठनहरुले प्रवासी श्रमिकले उचित न्याय पाउने व्यवस्था र काफला प्रथाको अन्त्यको लागि कतार सरकारसँग आग्रह गरेका छन् । त्यस्तै कतारमा वल्र्डकपको लागि पूर्वाधार तयार गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुलाई पनि आईएलओको अभिसन्धिद्धारा निर्धारित अतर्राष्ट्रिय श्रम मानक र संयुक्त राष्ट्र संघको निर्देशिकाको कदर गर्न आग्रह गरेको छ ।

यता नेपाल सरकारले प्रवासी श्रमिक ऐनमा सुधार र रोजगार नीतिको सुरक्षामार्फत श्रमिकको ससक्तिकरणको माग गरेका छन् । दुई सरकारबीच हुने सम्झौतालाई हरेक वर्ष पुनरावलोकन गरि सुरक्षित बैदेशिकरोजगार, न्यूनत्तम वेतनको वृद्धि, प्रवासी श्रमिकको सामाजिक सुरक्षा लगायतको ग्यारेन्टीको माग गरेको छ । यता विश्वभरिका श्रमिकहरुले कतार सरकारलाई बाध्यकारी श्रम र प्रवासी श्रमिकको शोषण रोक्न बलियो संकेत स्वरुप आगामि मार्च २०१६ मा आईएलओको उच्च तहको त्रिपक्षिय टोली त्यहाँ पठाउने र आवश्यक नियमन गर्ने निर्णय पनि गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

१७ फागुन २०७२ / ८:२१

वि.सं.२०७२ फागुन १७ सोमवार २०:२८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...