back
NMB ad

श्रमिकबिरोधी कानुन र देश बिखण्डन गर्न खोज्नेको डटेर शामना गर्न जिफन्टको निर्देशन

Kumari bank ad

काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकबिरोधी कानुन र देश विखण्डन गर्न खोज्नेहरुको बिरोधमा उत्रन श्रमिकहरुलाई निर्देशन दिएका छन् । जिफन्ट आबद्ध सदस्यहरुको केन्द्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले श्रमिकहरु लगानीको बिरोधी नरहेको स्पष्ट पारे । तरपनि मजदुरलाई झुक्याएर चोर बाटोबाट ल्याईएको औधोगिक व्यवसाय ऐनमा ʽनो वर्क नो पेʼ चिन्ताको विषय बनेको बताए । उनले भने– ʽकाम नगरी तलब लिने कोही श्रमिकहरु छैनन् । हामी लगानीको बिरोधी होईनौं । तर ʽनो वर्क नो पेʼ यतिबेला छलफल र चिन्ताको विषय बनेको छ । ʽनो वर्क नो पेʼ भनेको श्रम गर्ने श्रमिकको अपमान हो । ʼ उनले भने ।

कारखाना बन्द भयो भने श्रमिकले तलब नलिगिदिउन् भन्ने गलत मनसाय राखेर अगाडि बढेको भन्दै उनले भने– ʽव्यवसायीले मजदुरले काम नगरी तलब लिन्छन् भन्नु गलत छ । हामी हड्ताल, झगडा अथवा सल्लाह बिधि भित्रै रहेर गर्न चाहन्छौं । श्रमले महत्व दिएको विषय व्यवस्थापिका संसदले चाँडो पास गरोस् । ʼ

उनले बिदेशीको इशारामा संबिधान संसोधनको विषय उठेको भन्दै पहाड र तराईको खण्डनको विषयलाई डटेर शामना गर्न पनि श्रमिकलाई निर्देशन दिएका छन् । यसको बिरोधमा सामेल हुन उनले सम्पूर्ण मजदुरलाई निर्देशन दिएका हुन् । उनले भने–शान्तीपूर्ण आन्दोलनमा सामेल होऔं । उट्पट्याङको काम हामी कसैले नगरौं । बिदेशीको इशारामा भएको संबिधान संसोधनलाई पराजित गर्नुपर्छ । यदि देशको हितमा संबिधान संसोधन गरेको भए प्रष्ट पारेर देखाउन म सरकारलाई चुनौति दिन चाहन्छु ।ʼ

कार्यक्रममा जिफन्टका महासचिव विष्णु लम्सालले इमान्दारीपूर्वक श्रमिकवर्गको हितमा सबैलाई एकजुट हुन आग्रह गरेका थिए ।

प्रकाशित मितिः २०७३ मंसिर १७

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १९:२७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...