Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

नेपालको पर्यटनको आधार : ‘वान वेल्ट वान रोड’

घनेन्द्रबहादुर श्रेष्ठ

September 22, 2017

Ghanendra shrestha article obor for tourism

ओवर अर्थात ‘वान वेल्ट वान रोड’ जुन आधुनिक एक्काईसौं शताब्दीमा श्रृजनागरिएको चाईनिज अवधारणा । जसले विश्वका जनताहरुसंगको सहज सम्वन्ध र समृद्धिको परिकल्पना गरिएको छ । विश्वलाई जोड्न ईतिहास कालखण्डमा स्थापित गरिएको सिल्करोडले चिनीयाँ ब्यवसायी तथा पश्चिमाहरुको विचमा ब्यावसायीक सम्वन्धहरु स्थापित गरिएका थिए । तर, यो सम्वन्ध निरन्तर रहन सकेको थिएन । सिल्करोडले मानिसको जीवनमा स्थायी प्रगति तथा समृद्धि स्थापित गर्न सकेन । बरु यो रोडको माध्यामबाट राज्यहरुले एक आपसमा युद्ध गर्नलाई सहज बनाएका थिए । त्यसकारण चीनका राष्ट्रपतिले ओवरको सम्मेलन उद्घाटन भाषणमा अभिब्यक्त गर्नुभएको छकि ‘अव यो ओवरको अवधारणाले संसारका मानिसहरुमा समृद्धि छाउनेछ र एक अर्काको सार्वभौमसत्तामा कुनै हस्तक्षेप र असर नपर्नेगरी चीनले विकासका सम्वन्धहरुलाई विस्तार गरी स्थायी शान्ति, समृद्धि र सहकार्यका बाटाहरु खोल्नेछ ।’

चीनले यसलाई विशुद्ध विकास, निर्माण, व्यक्तिहरुको समृद्धि, नागरिक–नागरिकबीचमा भाइचाराको सम्वन्ध, मुलुकहरुको सार्वभौमसत्ताको रक्षा, आतंकवादको अन्त्य र विश्वका मानिसहरुका विचमा सम्वन्ध हो भन्ने तर्क अगाडि सारेको छ । यदि यो चीनले भनेजस्तै हो भने नेपालले यस अवधारणामा तदारुकताका साथ सहकार्य गर्न आवश्यक देखिन्छ र भावी पुस्ताकालागि नेपालको विकास निर्माण र समृद्धी बनाइनु आवश्यक छ ।

वास्तवमा यो अवधारणाले साकार रुप पायो भने र नेपालमा समेत यो अवधारणाको जालोले छोएमा अथाह पर्यटनको संभावना देखिन्छ । ओवरको अवधारणा अनुरुप वन्ने सञ्जाल र संरचनाले एक अर्का देशहरुसंगको सम्वन्ध र सम्पर्कलाई सहज र सरल बनाउन मद्दत पुग्दछ । साथै मानिसहरुले न्युनतम खर्चमा लामो दुरीको यात्रा तय गर्न सक्नेछन । जसले युरोपदेखिका सम्पुर्ण वर्गका ब्यक्तिहरुले सस्तो मुल्यमा नेपालसम्मको यात्रालाई तय गर्न सक्नेछन् । चीनले अगाडि सारेको यो प्रस्तावमा हालसम्म ४० देशका प्रमुखहरुले हस्ताक्षर गरी कार्य आरम्भ गरिसकेको अवस्था छ । चीनको यो प्रस्तावलाई ४ बर्षको दौरानमा १०० भन्दा बढि मुलुकहरुले समर्थन र चासो जाहेर गरिसकेका छन् ।

विशेषगरी यो अवधारणाले चीनको आफ्नो शक्ति विस्तारीकरणको माध्याम बनाउन खोजेको आरोप समेत केहि मुलुकहरुले लगाउने गरेका छन् । तर, चीनले यसलाई विशुद्ध विकास, निर्माण, व्यक्तिहरुको समृद्धि, नागरिक–नागरिकबीचमा भाइचाराको सम्वन्ध, मुलुकहरुको सार्वभौमसत्ताको रक्षा, आतंकवादको अन्त्य र विश्वका मानिसहरुका विचमा सम्वन्ध हो भन्ने तर्क अगाडि सारेको छ । यदि यो चीनले भनेजस्तै हो भने नेपालले यस अवधारणामा तदारुकताका साथ सहकार्य गर्न आवश्यक देखिन्छ र भावी पुस्ताकालागि नेपालको विकास निर्माण र समृद्धी बनाइनु आवश्यक छ ।

समयमा नै हाम्रो मुलुकले चीनको अवधारणालाई हस्ताक्षर गरी सहकार्यको शुरुवाती गरीसकेको भएपनि हालसम्म भारतले यो अवधारणालाई नजरअन्दाज गर्नुले चीनको यो अवधारणाको प्रवेश नेपालमा भएन भने वास्तवमा नै हामीले परिकल्पना गरेका विकास प्रवद्र्धन नहुने हुन कि भन्ने आशंका त्यतिकै छ । जे होस नेपाल सरकारले ओवोरमा हस्ताक्षर गरेर आफ्नो रुचीलाई प्रमाणित गरिसकेको हुनाले भविश्यमा पर्यटन क्षेत्रमा लगानिहरु भित्रने र पर्यटकहरुको आगमनमा उल्लेख्य वृद्धि हुने कुरालाई अपेक्षकृत रहन सकिन्छ ।

चीनले राखेको यो आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको अवधारणालाई भारतले भने समर्थन गरिसकेको अवस्था छैन र भारतले एसिया अफ्रिका ग्रोर्थ करिडोरको नाउँमा एसियादेखि अफ्रिकासम्मको सञ्जाल विस्तार गरी सोहिअनुरुपको सडक सञ्जालहरुको निर्माण विकास गर्नलाई जापानसँग प्रस्ताव राखेको अवस्था छ । जसमा जापानले २०० विलियम डलर लगानि गर्न सहमति समेत जनाई सककेको र हाल सालै भारतको अहमदावादमा भएको सम्मेलनले एसिया अफ्रिकाका राष्ट्रहरु बीचका एकअर्काका क्षमता तथा सिपमा अभिबृद्धि गर्ने, गुणस्तरीय सम्बन्ध र संस्थागत सम्वन्धको विकास गर्ने, एक अर्काका मुलुकमा हुने विकास र सहयोगको योजना बनाउने र नागरिक नागरिकहरुका विचमा साझेदारी विकास गर्ने भन्ने मुख्य प्रस्तावहरु पारित गरिएका थिए ।

घनेन्द्रबहादुर श्रेष्ठ बोर्ड सदस्य – नेपाल पर्यटन बोर्ड

घनेन्द्रबहादुर श्रेष्ठ
बोर्ड सदस्य – नेपाल पर्यटन बोर्ड

यसरी दुई ठूला मुलुकहरुले अघि सारेका अवधारणाहरुले हामीलाई कतिहदसम्म फाईदा दिन सक्छ भन्ने बहस र छलफलको प्राज्ञिक अध्यययन हुन आवश्यक छ । समयमा नै हाम्रो मुलुकले चीनको अवधारणालाई हस्ताक्षर गरी सहकार्यको शुरुवाती गरीसकेको भएपनि हालसम्म भारतले यो अवधारणालाई नजरअन्दाज गर्नुले चीनको यो अवधारणाको प्रवेश नेपालमा भएन भने वास्तवमा नै हामीले परिकल्पना गरेका विकास प्रवद्र्धन नहुने हुन कि भन्ने आशंका त्यतिकै छ । जे होस नेपाल सरकारले ओवोरमा हस्ताक्षर गरेर आफ्नो रुचीलाई प्रमाणित गरिसकेको हुनाले भविश्यमा पर्यटन क्षेत्रमा लगानिहरु भित्रने र पर्यटकहरुको आगमनमा उल्लेख्य वृद्धि हुने कुरालाई अपेक्षकृत रहन सकिन्छ ।

नेपालको प्राकृतिक भू–बनावट तथा अथाह खनिजका संभावनाहरुलाई नजिकबाट नियालेको छिमेकीहरुले यस्ता अवधारणाहरुबाट लाभ प्राप्त गर्न सक्छन् । ओवोरको माध्यामबाट सामाजिक तथा सांस्कृतिक रुपान्तरण मात्र नभएर नेपालमा प्रसस्त मात्रामा विद्युत उत्पादन गरेर छिमेकीहरुलाई निर्यात गर्न सक्ने संभावनाका ढोका खुल्न सक्छन । तर, यी सम्पुर्ण उपलब्धीका सपनालाई साकार पार्नलाई दुवै छिमेकीले यो अवधारणालाई आत्मसात गर्न आवश्यक छ । केवल एकातिर मात्रको सम्वन्ध र सम्पर्कले हामीले परिकल्पना गरेको उपलब्धी हासिल गर्नलाई अप्ठेरो पर्न सक्छ । हालसम्मको अवस्थामा छिमेकी भारतले ओवोरको मान्यतालाई स्वीकार गरिसकेको अवस्था छैन, साथै चीनले आफ्ना सिमानामा निर्माण गर्दै गरेको सडक सञ्जाललाई अवरोध गर्ने गरी भारतले चीनको डोक्लाममा सैनीक पठाएपछिको एकअर्का बीचको तनाव कायम रहेको अवस्था छ । जसको समाधान वैज्ञानिक ढंगले अन्तर्राष्ट्रिय कानुन, प्रचलन तथा परम्परा बमोजिम हुनु पर्दछ । दुश्मनी र क्षतिद्वारा हुनु हुँदैन ।

ओवोरलाई आत्मासात गर्ने हो भने केवल चीनलेमात्र आफ्ना ब्यापार ब्यवसायलाई बढाउने र फाईदा गर्ने भन्ने होईन यो संसारका सवै मुलुलकहरुले सहजताका साथ आफ्ना उत्पादनलाई सहि र आवश्यकीय उपभोक्तामाझ लैजान सक्ने वातावरणको श्रृजना गर्नु हो । नेपाल जस्तो अनेकौं संभावाना वोकेको मुलुकमा उत्पादित सामानलाई विश्व वजारमा लैजानलाई ओवोर महत्वपुर्ण साधन हुन सक्ने कुरामा दुईमत छैन ।

ओवोरलाई आत्मासात गर्ने हो भने केवल चीनलेमात्र आफ्ना ब्यापार ब्यवसायलाई बढाउने र फाईदा गर्ने भन्ने होईन यो संसारका सवै मुलुलकहरुले सहजताका साथ आफ्ना उत्पादनलाई सहि र आवश्यकीय उपभोक्तामाझ लैजान सक्ने वातावरणको श्रृजना गर्नु हो । नेपाल जस्तो अनेकौं संभावाना वोकेको मुलुकमा उत्पादित सामानलाई विश्व वजारमा लैजानलाई ओवोर महत्वपुर्ण साधन हुन सक्ने कुरामा दुईमत छैन । त्यसैगरी नेपालमा सहजै तरिकावाट विदेशी पर्यटकहरुलाई भित्र्याउन सकिने हुन्छ । हालको चीनको तिब्बतमा लाखौंको संख्यामा भ्रमणमा आउने पर्यटकहरुलाई हाम्रा सडक सञ्जालले सहजीकरण गर्न सकेको भए आजकै दिनमा लाखौं पर्यटक ल्याउन सकिने थियो । त्यसकारण समेत यो आवधारणालाई हाम्रो जस्तो मुलुकको कायापलट गर्न सक्ने महत्वुर्ण माध्याम वनाउने कुरालाई चुक्न दिन हुन्न ।

नेपालमा ओवोरको अवधारणालाई नागरिक स्तरमा समेत बहस र छलफलको वातावरण स्थापित भएको देखिन्छ हालसालै सम्पन्न ओवोर सम्मेलनले पारित गरेको घोषणापत्रमा समेत यो अवधारणालाई अंगिकृत गर्न सकेमा त्रिपक्षिय सम्वन्ध स्थापित भई नेपालले आर्थिकक्षेत्रमा महत्वपुर्ण फड्को मार्न सक्ने धारणा राखेको पाईन्छ । विशेषगरी पर्यटन उद्योगलाई प्राथमिकताको साथ भविश्य भएको यो छलफलबाट स्थापित भएको देखिन्छ । नेपालको भौगोलिक स्थिति र गौतम बुद्धको जन्मस्थान लुम्विनी भएको कारणले चीनबाट ठूलो संख्यामा बौद्धधर्म प्रति आस्था राख्ने ब्यक्तिहरुलाई भ्रमण गराएर पर्यटनको विकास गर्न सकिन्छ ।

भारतबाट आउने हिन्दु सर्किटका गन्तब्यस्थलहरुमा नेपाल हुँदैै चीनको तीब्बतसम्मको कैलाश मानसरोवर र चीनवाट नेपालको लुम्विनी हुँदै भारतको गया तथा सारनाथ जस्ता स्थानहरुसम्म जान सक्ने बुद्धिष्ट सर्किट अवधाराणालाई अगाडि लैजान सके नेपाल, भारत र चीनको त्रिपक्षिय पर्यटन प्रवद्र्धनलाई सहयोग पुग्न सक्ने देखिन्छ ।

नेपालमा जनवरी २०१७ मा सम्पन्न भएको ओवर नेपाल कन्फरेन्सले निम्न बमोजिमको घोषणापत्र जारी गरेको देखिन्छ ।

® नेपाल र चीनको सरकारलाई नागरिक नागकिहरु विचको सम्वन्धलाई संचारहुनेगरी सकृय भूमिका निभाउनको लागि अनुरोध गरिन्छ । नेपालले चीन र दक्षिण एसियाको नागरिकहरुका विचमा गाढा ढंगले पुलको सम्वन्ध विकास गर्दै जटिलताहरुलाई निराकरणगर्न मद्दत गरी एकआपसमा सांस्कृतिक समझदारी निर्माण गर्ने कार्य गर्न सक्दछ ।

® अन्तराष्ट्रिय परिस्थिति तथा भारत चीनको सम्वन्धमा विकास भएको सुधारले नेपालले ओवोर पहल र नेपाल भारत चीनको अवधारणाबाट भू–रणनीतिक लाभ प्राप्त गर्न सक्दछ । यथार्थमा हामी भारत र चीन सहितको त्रिपक्षिय सहयोगमा सहभागिता जनाउन चाहान्छौं । आजको विश्वब्यापीकरणको युगमा झिनामसिना कुरालाई त्यागेर त्रिपक्षिय सहकार्यलाई अगाडि बढाउने हो भने दक्षिण एसियाको नेपाल युरोपको ब्रसेल जस्तो हुनेछ ।

® स्थिर र समृद्ध नेपाल भएमा चीन र भारतलेमात्र फाईदा नलिएर समग्र दक्षिण एसियाले फाईदा लिन सक्दछ त्यसकारण हामी दक्षिण एसियाका सवै मुलुकहरुले सकृयताका साथ एक अर्काका कार्यक्रममा हातेमालो गरी सहभागिताकोलागि आव्हान गर्दछौं ।

® हामी नेपाल र चीनका दुवै सरकारलाई नेपाल र चीनका विचको आर्थिक कोरीडोरको विकास गर्नलाई अनुरोध गर्दछौ जुन आर्थिक स्वार्थ र फाईदाको दृष्टिकोणले सानो हुने देखिएतापनि छिमेकी मुलुका अरवौं नागरिकहरु सँगको सम्वन्धले अथाह संभावनाहरु छन् ।

®दुवै मुलुकका नीजिक्षेत्रका ब्यवसायीहरुले ब्यापार ब्यवसायमा रणनीतिक साझेदारीका रुपमा कार्य गर्न आवश्यक देखिन्छ जसले गर्दा ब्यापारको वृद्धिसंगै दुवै मुलुकका सरकाले उत्प्रेरकको भुमिका को विकास गर्न सक्दछन् ।

®दुवै देशका नागरिकहरु विचको सार्वजनिक कुटनीतिक स्थापाना गर्नलाई अझ धेरै गृहकार्यगर्न आवश्यक भएको सहभागि विज्ञहरुले ब्यझ गर्नु भएको र छलफल गर्नु भएको छ । भौगोलिक विविधताको कारणले दुवै मुमलुकका बौद्धिक समन्वय तथा स्थापना गर्नलाई चुनौतिपुर्ण अवस्था विद्यमान रहेको छ त्यसकारण दुवैदेशका बौद्धिक ब्यक्तित्वहरुको ज्ञानलाई विनिमय गर्नेखालको संस्थाहरु स्थापना गर्नलाई अनुरोध गर्दछौं ।

®नेपाल गौतम बुद्धको जन्मस्थान भएको र चीनमा ठूलो संख्यामा बौद्ध धर्मालम्वीहरु भएकोले नेपालको पर्यटन प्रवद्र्धन गर्नलाई महत्वपुर्ण भूमिका निभाउन सक्नेमा विश्वास गर्न सकिन्छ जसले साधारण नागकिहरुमा एक अर्कामा समझदारीताको श्रृजना गर्नलाई मद्दत पुर्याउँदछ ।

®हामी सम्पुर्ण सहभागिहरु तथा ईच्छुक समुहहरुलाई यस्ता खालका फोरमलाई निरन्तरता दिनलाई अनुरोध गर्दछौ जहाँ अर्थपुर्ण बहस र छलफल गर्न सकियोस साथै यस्ता खालका घोषणा द्वारा गरिएका समझदारीहरुलाई कार्यान्वयन तहसम्म पुर्याउनलाई ओवोर नेपाल कन्फरेन्स बार्षिकरुपमा सम्पन्न गर्नलाई प्रस्ताव राख्दछौं ।

नेपालको भौगोलिक स्थिति र गौतम बुद्धको जन्मस्थान लुम्विनी भएको कारणले चीनबाट ठूलो संख्यामा बौद्धधर्म प्रति आस्था राख्ने ब्यक्तिहरुलाई भ्रमण गराएर पर्यटनको विकास गर्न सकिन्छ ।

नेपाल भारत संयुक्त पर्यटन प्रवद्र्धन गर्ने अवधारणाको समेत हालसालै विकास भएकोछ जसले गर्दा धार्मिक पर्यटकहरुको संख्यालाई उल्लेख्य वृद्धि गर्नलाई सहयोग पुग्ने देखिन्छ । भारतबाट आउने हिन्दु सर्किटका गन्तब्यस्थलहरुमा नेपाल हुँदैै चीनको तीब्बतसम्मको कैलाश मानसरोवर र चीनवाट नेपालको लुम्विनी हुँदै भारतको गया तथा सारनाथ जस्ता स्थानहरुसम्म जान सक्ने बुद्धिष्ट सर्किट अवधाराणालाई अगाडि लैजान सके नेपाल, भारत र चीनको त्रिपक्षिय पर्यटन प्रवद्र्धनलाई सहयोग पुग्न सक्ने देखिन्छ । जुन ओवोरको अवधारणा बमोजिम त्रिपक्षिय लाभ प्राप्त हुन सक्ने देखिन्छ । त्यसै गरी भारतले अगाडि सारेको बंगलादेश, भुटान, ईण्डिया र नेपाल जसलाई (बीबीआईएन) भन्ने गरिन्छ यस अवधारणालाई सहि कार्यान्वयन गर्नेहो भने नेपालले पर्यटक भित्र्याउने माध्याम बन्न सक्दछ । तर, यी सवै कार्यहरु सम्पन्न गर्नलाई एकअर्का मुलुकहरु बीचमा समझदारी बन्न आवश्यक छ ।

यदि ओवोरको अवधारणामा उल्लेख भए जस्तै एक अर्काको सार्वभौमिकतालाई सम्मान गरी अगाडि बढ्ने राष्ट्रहरुले प्रतिवद्धता जनाएमा नेपालले आर्थिक रुपमा विशेषगरी पर्यटनको माध्याम द्वारा कायलपलट गर्न सक्ने संभावना रहेको देखिन्छ । तर यी महान कार्यका लागि राज्यहरुका बीचमा सुमधुर सम्वन्ध र स्थायीत्व कायम रहन आवश्यक छ । एक अर्काका अवधारणाहरुलाई शंकाको दृष्टिले हेर्ने र कार्यान्वयन हुन नसक्ने भयो भने नेपालीहरुले परिकल्पना गरेको समृद्धिलाई लामो समय लाग्न सक्छ । त्यसकारण हामी पर्यटन ब्यवसयाीहरुले अरु बढि प्राज्ञिक बहस र छलफल गरी यस्ता अवधारणाहरुलाई सार्थरुप दिनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय सरकार, नागरिक समाज तथा संघसंस्थाहरुलाई घच्घचाईरहन आवश्यक छ जसले पर्यटन ब्यवसायीहरुले गर्न खोज्नु भएको लगानिलाई समेत सुरक्षित गर्दछ र यो ओवोरको सार्थकता हुनेछ ।

(लेखक : नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका महासचिव एवं नेपाल पर्यटन बोर्ड सञ्चालक सदस्य हुन् ।)

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु