back
NMB ad

ʽपर्यटन बोर्डमा जति समय काम गर्छु, पारदर्शी ढंगले गर्छुʼ

Kumari bank ad

हरिशरण न्यौपाने

निरन्तर संघर्ष गर्ने हो भने मानिसले ठूलै उपलब्धी हासिल गर्न सक्छ भन्ने उदाहरणीय पात्र हुन्, पर्यटन व्यवसायी घनेन्द्र श्रेष्ठ । सिन्धुली जिल्ला बासेश्वर गाविस १ को ग्रामिण भेगमा जन्मिएका सामान्य किसानको छोरो आज पर्यटनको नीति निर्माण तहमा पुगेका छन् । यसलाई ठूलो उपलब्धी मान्नुपर्छ ।
घरको कान्छो छोरो भएका हुनाले बाबा, आमा र दाजुहरुले उनलाई पुलपुल्याएरै हुर्काए । ग्रामीण भेगमा जन्मिए पनि बाल्यकालको अधिकाँस समय उनेले पढेर नै बिताए । कतिपय बालबालिकालाई घरमा काम गर्न नपर्दे हुन्थ्यो भन्ने कहर परिरहँदा श्रेष्ठलाई भने काम गर्ने रहर पर्दथ्यो ।

नौ कक्षासम्म पुग्दा पनि किन पढेको थाहै भएन

नौ कक्षासम्म पुग्दा पनि श्रेष्ठलाई किन पढ्नुपर्छ र मैले, के पढें ? होला भन्ने नै थिएन । जब कक्षा ८ उत्तीर्ण गरेर ९ मा पुगे, बल्ल उनलाई पढ्नुपर्छ भन्ने भयो । त्यो कक्षा ९ को पहिलो दिन थियो, त्यतिबेला श्री कौशिका मावि ग्वाल्टारका प्रधानाध्यापक श्यामकिशोरलाल कर्णले पहिलो कक्षा लिए । त्यसदिन कर्णले विद्यार्थीहरुलाई उत्प्रेरीत पार्ने धेरै बाणी वचन सुनाए ।

कसै–कसैको जीवनमा सानो कुराले पनि ठूलो परिवर्तन गराउँछ भनेझंै श्रेष्ठको जीवनमा पनि ति प्रधानाध्यापक कर्णले पढ्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ भनेर जुन उपदेश दिए त्यसैले काम गर्यो । प्रधानध्यापक कर्णको,ʽकक्षा ९ र दश कक्षाको एउटै एसएलसी परिक्षा दिनुपर्छ । हामी अब एडभान्स कक्षामा प्रवेश गर्यौं । यो आईरन गेट हो । यो कक्षामा बस्नेहरु जोशिला, जाँगरिला र एकदमै पढ्न जान्ने हुन्छन् । नेपालीहरुको भविष्य निर्माण यहिँबाट सुरु हुन्छ ।ʼ जस्ता भनाईले उनी उत्प्रेरित बन्न पुगे ।

यस्ता पढाई उपयोगी शूत्रहरु उनका लागि मन्त्र वाणी नै भए । त्यसपछि हुने विरुवाको चिल्लोपात भनेझैं उनको पढाइ राम्रो हुँदै गयो र जीवनमा ठूलो मान्छे बन्ने लक्ष्य लिए । ५० जना बिद्यार्थीहरु माझ पढाईमा मध्यमस्तरका श्रेष्ठले त्यसपछि दोस्रो स्थान हासिल गर्नपुगे । तत्कालिन समयमा एसएलसी भन्दा अगावै दिइने टेस्ट परिक्षामा ८२ प्रतिशत अंक ल्याएर उनी जिल्लाकै तेस्रो स्थानमा आईपुगेका थिए । जबकी श्रेष्ठ त्यस बिद्यालयको पाँचौं ब्याज थिए । त्यो समयसम्म उक्त विद्यालयबाट कसैले पनि एसएलसीमा प्रथम श्रेणी ल्याएका थिएनन् ।

जीवनमा सबैभन्दा दुःख लागेको दिन

टेष्ट परिक्षामा जिल्लाकै तेस्रो बनेकाले श्रेष्ठले एसएलसीमा प्रथम श्रेणी हासिल गर्न सक्छन् भन्ने धेरैको अड्कलबाजी थियो । समाजका गन्यमान्य व्यक्तिहरुले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएमा उनलाई १० हजार रुपैंया पुरस्कार दिने घोषणा पनि गरे । यसले उनलाई अझै उत्प्रेरणा मिल्यो । वि.सं.२०४४ सालमा १० हजार पाउनु भनेको ठूलै उपलब्धी थियो । उनले त्यहि अनुरुप एसएलसीको तयारी गरे पनि बीचमै उनको सपना चकनाचुर भयो ।
दूर्भाग्य के भयो भन्दा उनको पालामा गणीत विषयको परिक्षा दिने बेलामा एसएलसीको परिक्षा केन्द्र नै रद्ध भयो । उनी सँगै साँढे ३ सय विद्यार्थीको भविष्य डामाडोल भयो । त्यहि दिन जीवनमा सबैभन्दा बढि दुःख लागेको उनी बताउँछन् । किनकि प्रथम श्रेणीमा उत्तीर्ण भएर पाउने १० हजार इनाम पनि गुम्यो । यदि त्यो वर्ष उनको नियमित परिक्षा सक्किएको भए उनी आज पर्यटनमा नहुन पनि सक्थे । विज्ञानको विद्यार्थी भएर कतै डाक्टर बनेर बिरामीको सेवा गरिरहेका हुन्थे कि ! डाक्टर बन्ने उनको सपना थियो ।

त्यो वर्ष उत्तीर्ण नहुनु भनेकै उनलाई पर्यटन क्षेत्रमा आउने बाटो खुल्नु जस्तै बन्यो । दोस्रो वर्ष गणीत विषय मात्रैको परिक्षा दिएर उनले १०० पुर्णाङकमा ९६ अंक ल्याई एसएलसीमा प्रथम श्रेणी हासिल गरे । तापनि त्यो प्रमाणपत्रले उनको सपना पूरा हुन सम्दैनथ्यो । यति हुँदा हुँदै पनि उनले उच्च शिक्षा हासिल गर्ने अठोट लिएर अगाडि बढिरहे । २०४५ सालमा उच्च शिक्षा हासिल गर्न श्रेष्ठ काठमाडौ आए । घरपरिवारको राय सुझाव सँगै काननु पढ्ने निधो गरे । तर उनीसँग पैसा थिएन ।

Ghanendra shrestha photo

गार्मेन्टको कपडा सिलाएर ५ पैसा लिने गर्थें

त्यसपछि उनको जीवन गुजाराको सुरुवात गार्मेन्ट उद्योगबाट भयो । २०४६ साल अगाडि गर्मेन्टको मिस्त्री, मेशिन बनाईदिने लगायत प्राबिधिक काम गर्न थाले । यति भएपछि उनलाई पैसाको दुःख हुन छाड्यो । एक÷दुई घण्टा मेशिन बनाएको पाँच सय÷एक हजारसम्म पाउँथे । त्यतिले मात्र नभएर उनले गार्मेन्ट उद्योगमा तयार भईसकेको कपडालाई बीचबीचमा सिलाएर एउटा कपडा सिलाएको ५ पैसा लिने गर्दथे । दिनभर, रातभर काम गर्दा उनले दैनिक एक हजार कमाउँथे । गार्मेन्टमै करिब २ महिना काम गरेर जम्मा भएको ४०÷४५ हजार रुपैंयाले उनले काठमाडौको ल क्याम्पसमा भर्ना भएर अध्ययन गरे ।

प्रमाण पत्र सकेपछि उनले होटलमा रिसेप्सनबाट काम सुरु गरे । होटलमा जागीर गर्दा उनले मासिक १२ सय पाउँथे । जबकी त्यसअघि गार्मेन्टमा काम गर्दा उनले एकै दिनमा एक हजार कमाउथे । तर पनि आफ्नो भविष्य गार्मेन्ट उद्योगबाट नहुने र ठूलो मान्छे बन्न उच्च शिक्षा हासिल गर्नुपर्नेछ भनेर उनले ५ वर्ष काठमाडौको बागबजारमा रहेको तुलसी श्रेष्ठले संचालमा ल्याएको तुलसी होटलमा काम गरे । २ वर्ष व्यवस्थापक भएर त्यहि होटलमा ७ वर्ष काम गरे ।

१७ वर्ष ठमेलमा होटल चलाए

त्यसपछि २०५५ सालमा आफ्नै होटल संचालनमा ल्याएर उनी होटल मालिक भए । सुरुमा काठमाडौको ठमेलमा टिब्बट होलिडे इन भन्ने होटल लिजमा लिएर चलाए । पछि त्यसैलाई च्वाईस होटल बनाएर १७ वर्ष संचालनमा ल्याए । त्यसपछि उनले शान्त वातावरणको खोजी गर्दै एक वर्ष अघिमात्र च्वाईस होटललाई काठमाडौको स्वयंम्भुमा स्थानान्तरण गरी हालै संचालनमा ल्याएका छन् । असारदेखि सञ्चालनमा आएको प्रसिद्ध स्वयम्भुनाथको काखैमा रहेको च्वाइस होटल आधुनिक सुविधा सम्पन्न छ ।

राजदरबार हत्याकाण्डले गर्र्दा पढाइ सक्काए

२०५५ मा होटल सुरु गरेपनि त्यसपछिका ३ वर्ष माओवादी द्वन्द, हरेक वर्ष एक न एक समस्या, राजनीतिक आन्दोलन र द्वन्दले व्यवसायीक वातावरण राम्रो थिएन । २०५८ मा राजदरबार हत्याकाण्ड भएपछि त नेपालमा पर्यटक आउनै छाडे । व्यवसायीक क्षेत्र डामाडोल भएपछि त्यो समयलाई सदुपयोग गर्नुपर्यो भनेर उनले पढाईलाई निरन्तरता दिने निर्णय गरे । निर्णयसँगै २०५८ मा बिएल सुरु गरी २०६० मा सक्काए । त्यसपछि दुई वर्षमा एलएलएम सक्काए ।

वकिल भनेपछि कोट लगाएर अदालतै धाउनुपर्छ भन्ने होइन

एलएलएम सकेपछि श्रेष्ठ पर्यटन र कानुनलाई सँगसँगै अगाडि बढाउनुपर्छ भन्ने अभियानमा लागे । पेशाले वकिल तर व्यवसाय पर्यटनमा हात हालेको हुँदा श्रेष्ठलाई अलि अप्ठेरो थियो । तर वकिल पनि सामाजिक अभियन्ता हो र समाजका हरेक अंगहरुमा कानुनी सहायताको आवश्यकता पर्छ भनेर उनी निरन्तर अगाडि बढिरहे । एउटा वकिलले समाजमा हरेक क्षेत्रमा काम गर्न सक्छ, वकिल भनेपछि कोट लाएर अदालतै धाउनुपर्छ भन्ने होइन भन्ने मान्यता राख्ने उनी समाजको जुनकुनै कुनामा बसेर वकिलले वकालत गर्न सक्छ भन्ने मान्यता राख्छन् । एलएलएम पढिसकेपछि पर्यटनका धेरै संस्थाहरुमा उनले वकालत गरिसकेका छन् । यसैका कारण श्रेष्ठ होटेलहरुको छाता संगठन होटल एसोसियसन नेपालमा साना–साना होटलको प्रतिनिधित्व गर्दै कार्यसमिति सदस्य हुँदै अहिले कोषाध्यक्ष छन् । पर्यटन र कानुनी क्षेत्रको लामो अनुभवकै कारण उनी अहिले नेपाल सरकार मातहतको नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्य भएर कार्य गरिरहेका छन् ।

उनी अहिले आफ्नो कार्यमा सन्तुष्ट छन् । किसानको छोराले पर्यटन व्यवसाय गरेर देशकै नीति निर्माण तहसम्म पुग्नुलाई उनले ठूलो उपलब्धी ठानेका छन् । उनी भन्छन्,ʽमाथि आकाशमा उडेर हेर्दा केहि नभए पनि गाउँको दृष्टिले हेर्ने हो भने यो ठूलो उपलब्धी हो । एउटा सामान्य मजदुर आफ्नो पहिचान बनाउँदै आज नीति निर्माण तहमा बसेर काम गर्न पाउनु र देशको सेवा गर्न पाउनुमा मलाई गर्व लाग्दछ ।ʼ उनी थप्छन्, ʽपर्यटन बोर्डमा आफ्नो कार्यकालमा जति काम गर्दछु, पारदर्शी ढंगले सबैले देखिनेगरि काम गर्दछु ।ʼ
(कुरा कानीमा आधारित)
प्रकाशित मिति–१ साउन २०७३/०५ः०८

वि.सं.२०७३ साउन १ शनिवार १७:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...