back
NMB ad

जान्नुहोस् को भए उत्कृष्ट उद्यमी ?

Kumari bank ad

काठमाडौ। घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी आज सकिएको छ । ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ यही फागुन १२ गतेबाट सुरु भएको उक्त प्रदर्शनीमा रु पाँच करोडभन्दा बढीको कारोबार भएको छ । प्रदर्शनीको समापन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि यस्ता प्रदर्शनीबाट सहयोग पुग्ने बताए ।

औद्योगिक उत्पादन वृद्धि गर्नका लागि उपयुक्त नीति आवश्यक भएको मन्त्री जोशीले बताए । नेपालमा लघु घरेलु उद्योगको अत्यधिक सम्भावना भएको र यसका लागि  लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

आगामी १० वर्षमा कोही नेपाली विदेशीन नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको मन्त्री जोशीले बताए । साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्दै उपयुक्त प्रविधि प्रयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।

समितिका अध्यक्ष दीपेन्द्र आचार्यले आर्थिक क्षेत्रमा कमजोर महिलाको जीवनस्तर उकास्नका लागि प्रदर्शनीबाट  सहयोग पुगेको बताए । समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायका अनुसार छ दिनसम्म चलेको सो मेलाको करिब तीन लाख व्यक्तिले अवलोकन गरेका थिए ।

विसं २०४२ देखि निरन्तर गरिँदै आएको सो प्रदर्शनीमा ७५ जिल्लाका साना तथा घरेलु उद्योगीले भाग लिँदै आएका छन् । यस पटकको प्रदर्शनीमा ७३ जिल्लाका ३०५ प्रदर्शनी कक्षमा मुलुकभरका उद्योगीले आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीमा राखेका थिए ।

उत्कृष्ट उद्यमीलाई पुरस्कार

सो अवसरमा मेलामा उत्कृष्ट प्रदर्शन गरेका ५९ उद्यमीलाई पुरस्कृत गरिएको थियो । सर्वोत्कृष्ट एक जनालाई रु ३० हजार, उत्कृष्ट उद्यमी पुरस्कार १४ जनालाई जनही रु २०  हजार, द्वितीय उद्यमी पुरस्कार १४ जनालाई जनही रु १० हजार तथा सान्त्वना पुरस्कार २२ जनालाई जनही रु पाँच हजार प्रदान गरिएको थियो ।

रोल्पाका लक्ष्मी डाँगीले सर्वोकृष्ट पुरस्कार, वस्तु समूहअन्तर्गत मोरङका दमन्ता कटुवाल, पश्मिना उनी समूहबाट मुगुका धममाया सिंह बुढा, कृषि तथा वन्यजन्य वस्तु समूहबाट इलामका सरद सुब्बा, प्राकृतिक रेशाजन्य समूहबाट दाङका निर्मलाकुमारी पुन, बाँस तथा निगालोजन्य समूहबाट धनकुटाका विमला राई, कलात्मक वस्तु समूहबाट धनकुटाकै चन्द्रबहादुर विश्वकर्मा र काष्ठकला समूहबाट दोलखाका  चन्द्रबहादुर विक उत्कृष्ट भएका छन् ।

यस्तै उनी गलैँचा समूहबाट ओखलढुङ्गाका उमा गुरुङ, हाते कागज समूहबाट सोलुखुम्बुका वाङ्चु शेर्पा, खाद्य तथा पेयपदार्थ समूहबाट इलामका कमला बाँस्कोटा, छाला वस्तु समूहबाट सल्यानका टोपबहादुर नेपाली, विविध समूहबाट नवलपरासीका इनरकुमारी चौधरी, महिला उद्यमी समूहबाट पाँचथरका प्रतिमा पौडेल र लघु उद्यमी समूहबाट रुकुमका लव परियार उत्कृष्ट भएका छन् ।

प्रकाशित मितिः २०७३ फागुन १७

वि.सं.२०७३ फागुन १७ मंगलवार १७:१० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...