back
NMB ad

स्थानीय तहमा तुलनात्मक लाभका वस्तुहरुको उत्पादन, प्रर्वद्घन र बजारीकरणमा जोड दिनुपर्ने

Kumari bank ad

काठमाडौं । अबको स्थानीय तह पूर्वाधार विकासमा मात्र केन्द्रित नभई स्थानीय तहमा तुलनात्मक लाभका उत्पादनहरूको उत्पादन, प्रर्वद्घन र बजारीकरणमा लाग्नुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् । स्थानीय तहले आफ्नो कार्य क्षेत्रको सन्तुलित विकास र समग्र आर्थिक बृद्घिदर उच्च राखी छिमेकी पालिकाहरूसँग समेत प्रतिष्पर्धी बन्नुपर्ने उनीहरूको भनाई थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले काठमाडौं जिल्लाका स्थानीय तहमा नवनिर्वाचित मेयर, उपमेयर तथा काठमाडौं महानगरपालिका वडाध्यक्षहरूलाई स्वागत तथा सम्मानका लागि बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले विगतका दिनमा स्थानीय निकायहरूले मुलतः पूर्वाधारकै विकासका लागि धेरै काम गरिरहेको भन्दै हाल नवनिर्वाचित धेरै जनप्रतिनिधिहरूले पनि स्थानीय तह केबल पूर्वाधार विकासमा मात्रै सीमित हुने हो कि भन्ने डर जनतामा पलाएको बताए ।

लघु घरेलु तथा सान उद्योग अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै उनले भने,‘महासंघका गतिविधि ७५ जिल्लामा सञ्चालन छन्, महासंघको विधान अनुसार नै अब महासंघका गतिविधि स्थानीय तहमा गठन गरिने छ ।’ उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई आवश्यक परेको खण्डमा सहयोगका लागि महासंघको तर्फबाट प्रतिबद्घता जनाए ।

सरकार भएका भन्दै स्थानीय तहभित्र सञ्चालित लघु उद्यम, घरेलु तथा साना उद्योग र व्यापार व्यवसायहरूको छुट्टाछुट्टै तथ्याङ्क चुस्त दुरूस्त राख्ने र अद्यावधिक गराउन निजी क्षेत्रसँग सहकार्य गनका लागि महासंघले प्रस्ताव अगाडि सारेको उनले बताए ।
विभिन्न क्षेत्रका लागि आवश्यक पर्ने दक्ष र मध्यम स्तरका जनशक्ति उत्पादन गर्न महासंघसँग सहकार्य गर्ने व्यवस्था मिलाएर अगाडि बढ्न आग्रह गर्दै उनले पालिकास्तरमा विजनेशन इन्कुबेसन केन्द्रको स्थापना निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । पालिकास्तरमा हुने उत्पादनको बजारीकरणका लागि सम्भव भएसम्म सामुहिक उत्पादन श्रङ्खला, सामुहिक ब्राण्डिङ र थोक एजेण्टहरू सहितको उत्पादन श्रङ्खलाको विकासमा जोड दिन निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्ने उनले बताए ।

उद्यम व्यवसायलाई आवश्यक कच्चा पदार्थ तथा उत्पादित वस्तुको ओसार पसारमा पर्न सक्ने कठिनाई जिल्ला समन्वय समितिसँग समन्वय गरी अन्तरजिल्ला, अन्तरप्रदेश तहमा सहजीकरण गर्ने र एकद्घार प्रणाली विकास गर्न केन्द्रिय सरकारसँग पहल गर्ने व्यवस्था मिलाउन अध्यक्ष गिरीले आग्रह गरे ।

कार्यक्रममा काठमाडौका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले घरेलु तथा साना उद्योग महासंघको सहकार्यमा महानगरपालिकाको नाममा केहि उत्पादन ब्राण्डिङ गरेर बिक्री गर्न सकिने भन्दै उनले त्यसका लागि महासंघबाट सहयोग लिन सकिने बताए । महानगरपालिकाले ब्राण्डिङ गर्ने उत्पादन गुणस्तरीय हुनुपर्ने भन्दै उहाँले त्यस्ता उत्पादन नेपाली पहिचानका रूपमा विदेशी बजारसम्म पु¥याउन सकिने बताए ।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले समाजमा महिलाहरूलाई उद्यमी बनाउन नसकेसम्म मुलुक समृद्घ बन्न नसक्ने बताइन् । धेरै चुनौतिहरूका बाबजुद महिलाहरू अगाडि बढिरहेको भन्दै उहाँले हरेक वडा वडाबाट महिला उद्यमी÷व्यवसायी उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष विष्णुबहादुर लुईटेल, केन्द्रिय महिला उद्यमी समितिका कार्यबाहक सभापति रोशनी उपाध्याय, संघ काठमाडौंका अध्यक्ष सीता कार्कीलगायतले साना उद्योगको विकासका लागि लघु घरेलु प्रबर्दन बोर्ड स्थापना गर्न आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मितिः २०७४ असार १

वि.सं.२०७४ असार १ बिहीवार १३:४९ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...