back
NMB ad

घरजग्गामा मात्र हैन अब नक्सा पासमा पनि आयो नयाँ नियम

Kumari bank ad

काठमाण्डौं । महानगरपालिकाले नक्सा पासका लागि जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने नयाँ नियम ल्याएको छ । कर्मचारीकै मिलेमतोमा जथाभावी नक्सापास गर्ने र भवन निर्माण सम्पन्न प्रमाणपत्र लिने क्रम बढेपछि भएपछि महानगरपालिकाले नयाँ कार्यविधि ल्याएको हो ।

यसलाई ‘भवन निर्माण इजाजत सरलीकरण तथा सहजीकरण संक्षिप्त कार्यविधि–२०७३’ नाम दिइएको छ । अब नक्सापास गर्दा घर/जग्गा धनी आफैं उपस्थित हुन नसक्ने भए मनासिब कारणसहितको निवेदन परेमा वारेश राख्न पाइने काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए ।

विदेशमा रहेका जग्गा धनीको हकमा भने राजदूतावासबाट प्राप्त अधिकृत वारेशनामा र अन्यको हकमा वारेशनामा लेख्दा महानगरपालिकाको कानुन महाशाखा वा सम्बन्धित वडा प्रशासकीय प्रमुखको रोहबरमा गर्नुपर्ने नियम ल्याइएको छ ।

महानगरपालिकाले अनियमितातालाई रोक्न अब नक्सा पास गर्ने र त्यसको अनुगमन गर्न छुट्टाछुट्टै टोली परिचालन गर्ने निर्णय पनि गरेको छ ।

अब सेवाग्रहीबाट नक्सा पासका लागि नियमअनुसार ईबिपिएसमार्फत आवेदन दिनुपर्नेछ । त्यस्ता नक्सा फाइल सम्बन्धित प्राविधिकमार्फत भवन निर्माण मापदण्ड र भवन निर्माण आचारसंहिता अनुरुप छ छैन जाँच गरेर तीन दिनभित्र लाग्ने दस्तूरसहित वडा कार्यालयमा पठाउनुपर्ने नियम बनाइएको छ ।

कार्यबिधिमा नक्सा दर्ता भइसकेपछि त्यस्ता फाइल सम्बन्धित कर्मचारीले मात्रै फाँट र वडामा फायल लैजाने व्यवस्था लागू गर्ने उल्लेख छ ।

अब नक्सा दर्ता, वडा कार्यालयमा सूचनाको टासका लागि फाइलको मुचुल्का, अस्थायी नक्सा पास, स्थायी नक्सा पास र निर्माण सम्पन्न इजाजतपत्रको सूचना सम्बन्धित घरधनीलाई एसएमएसमा जानकारी दिने व्यवस्था मिलाइएको छ ।

यसैगरी नक्सा पास तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र बुझ्न सम्बन्धित घरधनी नै उपस्थित हुनुपर्ने र उपस्थित हुन सनसकेमा वारेसनामा लिनुपर्ने कार्यबिधिमा उल्लेख छ ।

अहिले महानगरपालिका नक्सापासको कामका लागि आर्थिक चलखेल हुने गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख दिएर रकम अशुलक दलालदेखि कर्मचारी नै लाग्ने गरेका छन् ।

सेवाग्रहीसँग अनावश्यक लाभ लिने क्रम बन्द गर्न यस्तो नियम बनाइएको कार्यकारी तामाङले बताए । अहिले महानगरपालिकाले नक्सापास प्रक्रियाको अनुगमनका लागि छुट्टै कार्यदल पनि बनेको छ ।

८ फागुन २०७३, अनलाईनखबर, ११।००

वि.सं.२०७३ फागुन ८ आइतवार ११:५७ मा प्रकाशित

You can share this post!

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:१२

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक...

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:०५

काठमाडौँ, ५ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५८

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी...

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

कुमारी बैंकले सुरु गर्याे रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर सुविधा

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५३

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग...

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

निसीखोला बस दुर्घटना : नौ जनाको मृत्यु, २८ घाइते   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४६

ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको...

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:४२

काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति...