Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017

ग्लोबल आइएमई बैंकमा अनलाईन खाता खोलिने

November 17, 2017

Global IME bank

काठमाडौं । सबैंका लागि बैंक भन्ने मुल नाराका साथ स्थापना भएको ग्लोबल आइएमई बैंक लि.ले, बिज्ञान प्रबिधिका नयाँनयाँ आयामहरुलाई भित्र्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ ।
बिशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस भन्ने उद्देश्यले बैंकले अनलाईन खाता खोल्ने व्यवस्था मिलाएको हो । यो व्यवस्था अन्र्तगत अनलाईन मार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिने प्रेस विज्ञप्ति मार्फत बैंकले जानकारी दिएको छ ।
त्यस्तै विदेशमा बस्ने नेपालीहरुले अनलाईन मार्फत खाता खोलि इमेल मार्फत खाता नम्बर प्राप्त गर्न सक्नुहुनेछ भने उक्त खाता मार्फत सजिल्यैसंग रेमिट्यान्स नेपालमा पठाउन सकिनेछ । यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइट धधध।नयिदबष्mिभदबलप।अयm मा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिने बताइएको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा ब्त्ः, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ८ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु