back
NMB ad

४४ वर्षे गोलकिपरले इजिप्टलाई पुर्‍याए फाइनलमा

Kumari bank ad

काठमाडौं । बुर्मिना फासोलाई टाइब्रेकरमा पराजित गर्दै इजिप्ट नवौं अफ्रिका कप अफ नेशनको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि १–१ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

जसमा इजिप्टका ४४ वर्षीय गोलकिपर नायक बने । भेट्रान गोलकिपर एसाम अल हाडरीले बर्ट्रेनटाउरेको पेनाल्टी प्रहार रोकेका थिए । र, पेनाल्टी सुट आउटमा बुर्मिना फासोलाई ४–३ ले हराउँदै इजिप्ट फाइनल पुग्यो ।

उसो त टाइब्रेकरमा पहिलो प्रहारका लागि आएका इजिप्टका अबदुल्लाह अलको प्रहार बुर्किना फासोको २० वर्षे गोलकिपर हार्भे कोफीले रोकेका थिए । तर, चौथो पेनाल्टीमा उनी गोल गर्न चुके । उनी भन्दा २४ वर्ष सिनियर एसाम अल हाडरीले सहजै उनको प्रहार रोके ।

यसअघि र्निधारित ९० मिनेटका खेलमा मोहमेद सालेहले गोल गर्दै इजिप्टलाई सुरुवाति अग्रता दिलाएका थिए । तर, बुर्किना फासोले ७३ औं मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि बान्सले गोल गरेका थिए ।

प्रकाशित मितिः २०७३ माघ २०

वि.सं.२०७३ माघ २० बिहीवार १४:४५ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....