back
NMB ad

सुनचाँदीसहित एक असई र दुई प्रहरी पक्राउ

Kumari bank ad

राजविराज । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले व्यापारीको सुन, चाँदी पक्राउ गरी अनियमितता गर्ने सप्तरीका एक असईसहित दुई जना प्र्रहरीमाथि कार्वाही गरेको छ ।

सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झामाथि कार्वाही गरिएको पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले बताउनुभयो । साथै, सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवान पप्पु यादव र चन्दन यादवलाई समेत नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

गत वैशाख ६ गते लहानस्थित विकास ट्रेडर्सबाट न्यू राज्यलक्ष्मी ज्वेलर्स राजविराजका कामदार मो नसिमले २० भरी (तोला) सुन, पाँच केजी चाँदी र ११ थान सुनको सिक्री ल्याइरहेको अवस्थामा राजविराजको रुपनी मोडबाट सुनचाँदी अवैध रहेको भन्दै सिभिलमा रहेका प्रहरीले पक्राउ गरी कसैलाई जानकारी नदिई आफैँ बाँडेर अनियमितता गरेको आरोपमा उनीहरुमाथि कार्वाही गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले सुनचाँदी प्रकरणबारे छानबिन गर्दा प्रहरीद्वय चौधरी र झाले अनियमितता गरेको दोषी पाइएको र उनीहरु बारेमा अवश्यक छानबिन भइरहेको बताएको छ ।

 प्रकाशितः २०७३ वैशाख १५

वि.सं.२०७३ वैशाख १५ बुधवार १३:४२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...