काठमाण्डौं । आज बिहीबार सुनको मूल्य फेरि आकाशिन पुगेकोछ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रति तोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५५ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ८ सय २० रुपैयाँ रहेको चाँदी बिहीबार ८ सय २५ कायम भएको छ।
५ फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन ५ बिहीवार ११:४९ मा प्रकाशित