काठमाडौ । नेपाली बजारमा बिहिबार सुनको भाउ तोलामा ५ सय रुपैंयाले बढेको छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैंयाले बढेको छ ।
बुधबार ५४ हजार ४ सय रुपैंयामा किनबेच भएको सुन बिहिबार ५४ हजार ९ सय रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बुधबार प्रतितोला ७५३ रुपैंयामा किनबेच भएको चाँदी बिहिबार प्रतितोला ७५० रुपैयामा पुगेको छ ।
प्रकाशित मितिः २०७४ साउन २६
वि.सं.२०७४ साउन २६ बिहीवार १२:१३ मा प्रकाशित