back
NMB ad

नेपालको सुन चीनले खोज्दैै, तीन करोडको लगानीमा खानी उत्खनन

Kumari bank ad

काठमाण्डौं । नेपालको मध्यपश्चिम क्षेत्रमा सुन खोज्न चिनियाँ कम्पनी दर्ता भएको छ। उद्योग विभागमा दर्ता भएको झोङ्वो इन्टरनेशनल मिनिरल कम्पनीले मध्यपश्चिम क्षेत्रमा सुनको सम्भाब्यता अध्ययन गर्नेछ। ​चीनको राजधानी बेङजिङ निवासी सुन डे लीको एकल कम्पनीलाई ुक्यारिआउट फिजिवीलिटी स्टडी एण्ड प्रोस्पेक्टिङ वर्क फर प्लेसर गोल्ड माइनुका लागि सरकारले अनुमति दिएको हो।

अल्पकालीन सम्झौताका आधारमा रहेर तीन सय दिन काम गर्ने गरी उद्योग विभागमा कम्पनी गत फागुन ३० गते दर्ता भएको थियो। स्थिर पूँजी दुई करोड तीस लाख, चालु पूँजी ६० लाख सहित जम्मा तीन करोडको लगानीमा सो खानी सम्भाव्यता गर्ने उद्योग सञ्चालन हुन लागेको हो।

विभागका अनुसार कम्पनीले तत्कालै भूगर्भ विभागसँग समन्वय गरी काम सुरु गर्नेछ। कम्पनीको कार्यालय काठमाडौंको बिजुलीबजारमा छ। यसअघि पनि चिनियाँ लगानीका विभिन्न कम्पनीले नेपालमा सुनको सम्भाव्यताका बारेमा अध्ययन गर्न कम्पनी खोलेका थिए। गत माघमा चीनको धर्मश्री माइन नामक कम्पनीले जाजरकोटमा सुन खानीको संभाव्यता अध्ययन सुरु गरेको थियो।

जाजरकोटको खलंगा धल्ला र जगतिपुर मटेला स्थित भेरी नदीको बगरमा सुन खानीको संभाव्यता थाले पनि त्यहाँबाट केही फेला पर्न सकेको थिएन। कम्पनीले खानी तथा भुगर्भ विभागबाट सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति नलिई सम्भाव्यता अनुसन्धान गर्दा विवादमा परेको थियो।

पहिलोपोष्ट, १२ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत १२ शुक्रवार १०:५७ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...