काठमाडौ । लगातार बढिरहेको सुनको भाउ आईतबार पनि तोलामा ३ सय रुपैंयाले बढेर ५६ हजार ८ सय रुपैंयामा पुगेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ५६ हजार ५ सय रुपैंयामा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी आईतबार चाँदीको भाउ पनि तोलामा १० रुपैंयाले बढेर प्रतितोला ७ सय ८० रुपैंयामा किनबेच भएको महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा लगानी गर्नेको संख्या बढेका कारण सुनको मूल्य पनि बढ्दै गएको हो ।
प्रकाशित मितिः २०७४ भदौ १८
प्रकाशित मितिः २०७४ भदौ १८
वि.सं.२०७४ भदौ १८ आइतवार १२:४९ मा प्रकाशित