काठमाण्डौं । आज बिहीबार फेरि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रति तोलामा ३ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी संघले जनाएको छ।
आज बजारमा सुन तोलाको ५४ हजार ६ सयमा कारोबार भइरहेकोछ । हिजो भने सुन प्रति तोला ५४ हजार ३ सय थियो । आज स्थानीय बजारमा चाँदीको भाउ भने स्थिर रहेकोछ । चाँदीको मूल्य आज पनि प्रतितोला ७ सय ९० रुपैयाँ नै रहेकोछ ।
२८ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस २८ बिहीवार ११:०७ मा प्रकाशित