काठमाण्डौं । सुनको मूल्य आज सोमबार पनि स्थिर रहेको छ। शुक्रबारदेखि नै प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अवधिमा भने सुन ८ सय रुपैयाँले घटेको छ। गत सोमबार प्रतितोला ५६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
चाँदी अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय १५ रुपैयाँ कायम भएको छ। यसअघि गत सोमबार ८ सय ३५ रुपैयाँ थियो।
२३ फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन २३ सोमवार १३:१५ मा प्रकाशित