काठमाण्डौं । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा आज आइतबार ब्रेक लागेको छ । आइतबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ सयले ओरालो लागेको छ । आज सुन तोलाको ५२ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज आइतबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ७ सय ५५ मा कारोबार भइरहेको छ ।
१७ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस १७ आइतवार १२:०१ मा प्रकाशित