Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

हिजो १३ सयले बढेको सुन आज १४ सयले घट्यो, के होला कारण ?

November 10, 2016

Gold

काठमाण्डौं । हिजो र आज सुनको मूल्यमा दैनिक ठूलो मात्रामा उत्तरचढाव भएको छ । हिजो प्रति तोला १ हजार ३ सय रुपैयाँले बढेको सुन आज एकैपटक प्रति तोला १ हजार ४ सय रुपैयाँले घट्न गएको छ ।

अमेरिकामा नयाँ सरकारको गठन, नेपालमा भारुको प्रतिबन्ध लगायत कारणले गर्दा लगानीकर्तामा अन्यौलता देखिएको र यसको प्रत्यक्ष असर सुन बजारमा परेको सुन व्यवसायीहरुले जानकारी दिएका छन् ।

आज बजारमा सुनको मूल्य उच्च रुपमा घटेर प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा करोवार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्यमा पनि थोरै गिरावट आएको छ । हिजोको तुलनामा चाँदीको मूल्यमा रु १० घटेकोछ । आज बिहीबार चाँदीको मूल्य प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

२५ कार्तिक २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु