काठमाडौ। नेपाली बजारमा केही दिनयता सुनचाँदीको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तिएपछि नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले सस्तिएर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर तोलामा ७ सय ६० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मितिः २०७४ बैशाख १९
वि.सं.२०७४ वैशाख १९ मंगलवार १५:१५ मा प्रकाशित