back
NMB ad

८ किलो सुनचाँदीसँगै सिसिक्यामरा चोरी !

Kumari bank ad

चितवन । भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ । सो पसल विकास बर्माको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पीडितले पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात लाख नगद र सिसी क्यामराको डिभिआर बक्ससमेत चोरी भएको जनाएका छन् ।

प्रहरीका अनुसार चोरहरुले सटरको साँचो फोरेर सामान लगिसकेपछि पुनः अर्को साँचो लगाएर छाडेका छन् । पसलभित्र रहेको सानो सेफ फुटाएर चोरिएको छ भने ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

पसलभित्रको सिसी क्यामराको डिभिआरसमेत चोरिएकाले केही पहिचान हुन सकेको छैन ।  बजारका सडकमा राखिएका सिसी क्यामरामार्फत अनुसन्धान थालिएको उनले बताए । अनौठो प्रकारको चोरी भएकाले आफूले फरक ढङ्गले यसको अनुसन्धान थालेको बताउँदै उनले एक हप्ताभित्र चोर पक्राउ गर्ने दाबी गरेका छन् ।

प्रकाशित मितिः २०७३ माघ २१

वि.सं.२०७३ माघ २१ शुक्रवार १७:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...