back
NMB ad

घरजग्गा गाडी किन्ने पैसा बैंकसँग छैन ! त्यसोभए के गर्ने ?

Kumari bank ad

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरजीबि नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरुसँग प्रशस्त पैसा रहेको बताएका छन् । ‘पाल्पा महोत्सव–२०७३’ को उद्घाटन गर्दे गभर्नर नेपालले जग्गा खरिद र करोडका गाडी किन्न बैंकसँग पैसा छैन, उत्पादनमुखी क्षेत्रमा काम गर्न बैंकले जतिपनि पैसा दिने बताए ।

पढे लेखेका युवाहरुको पैसा कमाउनका लागि जागिर खाने र विदेश जाने सोच नहटेसम्म मुलुक आर्थिकरुपमा सम्पन्न नहुन नसक्ने भएकाले उत्पादनमुखी क्षेत्रमा युवाको आकर्षण बढ्नुपर्ने गर्भनर डा नेपालको भनाइ थियो । महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक, राउटेद्वारा निर्मित काठका सामाग्रीको प्रर्दशनी तथा बिक्री वितरणका साथै टर्की चरा, उँट र अष्ट्रिज चरा, रानीमहलभित्र पाल्पा जिल्लाका विभिन्न ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरुको फोटोको प्रर्दशनी रहेका छन् ।

महोत्सवको अवधिमा कोलबाट पेलिएको उखुको खुदो, विद्यालय स्तरीय नृत्यु प्रतियोगीता, विज्ञान सम्वन्धी सामाग्री प्रर्दशनी, लोकदोहरी प्रतियोगिता, राष्ट्रिय कलाकारद्धारा नृत्य तथा लोकदोहोरी, आधुनिक, पप, रोईला, हास्य व्यङ्ग, स्थानीय खाना तथा खाजाका परिकार साथै बाल उद्यानको समेत व्यवस्था गरिएको छ ।

महोत्सव अवधिमा रु आठ करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने र दुई लाख ५० हजार बढीले महोत्सवको अवलोकान गर्ने लक्ष्य लिएको पाल्पा उद्योग वाणिज्य सङ्घका महासचिव यादव कार्कीले बताए । महोत्सवमा कृषि, स्थानीय उत्पादनका ४६३ स्टल रहनेछ । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सव फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । रासस

प्रकाशित मितिः २०७३ फागुन १४

वि.सं.२०७३ फागुन १४ शनिवार १२:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...