back
NMB ad

सरकारी क्याम्पसले विद्यार्थी पाउन छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !

Kumari bank ad

काठमाडौ। त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउँदै छ ।

यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएपछि लिइएको प्रवेश परीक्षामा विद्यार्थीको खडेरी देखिएको हो । कतिपय केन्द्रीय विभागमा एकदमै न्यून विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम भएका क्याम्पसका विद्यार्थी अन्यत्र लगेर कार्यक्रम बन्द गरिने बताए ।

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले गत शुक्रबार लिएको प्रवेश परीक्षामा केन्द्रीय विभाग र केही ठूला क्याम्पसका विषयमा समेत विद्यार्थीको खडेरी लागेको हो । नेपाली, मानवशास्त्र, जनसंख्या र अंग्रेजी विषयमा केही क्याम्पसमा विद्यार्थी संकट देखिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन प्रा।डा।राजकुमार पोखरेलले १० जनाभन्दा कम विद्यार्थी भएका विषयमा के गर्ने भन्ने विषयमा डिन कार्यालयले केही दिनमा निर्णय गर्ने बताएको

कुन क्याम्पसमा कति विद्यार्थीले प्रवेश परीक्षा दिए ?

नेपाली
सरस्वती क्याम्पस १ विद्यार्थी
त्रिचन्द्र क्याम्पस २ विद्यार्थी
पाटन क्याम्पस ३ विद्यार्थी
भक्तपुर क्याम्पस ६ विद्यार्थी

जनसंख्या
पाटन क्याम्पस ३ विद्यार्थी
रत्न राज्य क्याम्पस ६ विद्यार्थी

मानवशास्त्र
पद्मकन्या क्याम्पस ३ विद्यार्थी

अंग्रेजी
सरस्वती क्याम्पस ५ विद्यार्थी

केन्द्रीय विभागहरू
इतिहास ३ विद्यार्थी
हिन्दी ४ विद्यार्थी
संस्कृत ७ विद्यार्थी

नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख १३

वि.सं.२०७४ वैशाख १३ बुधवार ०७:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...