back
NMB ad

तपाईलाई पर्यो त ? गोलाप्रथाबाट बाँडफाँट भयो बैंकको एफपीओ !

Kumari bank ad

काठमाडौ । नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबार बाँडफाँट भएको छ । एफपीओ ९७ हजार ५०० आवेदकले गोलाप्रथामार्फत १० कित्ता सेयर पाएका छन् ।

कुल २ लाख ५० हजार ५२४ जनाको आवेदन स्वीकृत भएकोमा गोलाप्रथाबाट ९७ हजार ५०० जनाले मात्र सेयर पाएका हुन् । बाँकी आवेदकको सेयर पाएनन् । एफपीओमा कुल २ अर्ब ७३ करोड २२ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको थियो भने ३ हजार ७९१ जनाको भने आवेदन रद्द भएको छ ।

बैंकले भदौ २७ देखि भदौ ३० गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको थियो । एफपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८७० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।

एफपीओको निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको हो । एफपीओ निष्काशनपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुग्ने छ।

प्रकाशित मितिः २०७४ असोज ३१

वि.सं.२०७४ असोज ३१ मंगलवार १०:४४ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...