back
NMB ad

सहकारीलाई १९ लाख अनुदान: हेर्नुहोस कु-कुनले कति- कति पाउँदै छन् ?

Kumari bank ad

बनेपा । कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा १ रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका २ सहकारी संस्थालाई रु १८ लाख ७५ हजार रकम अनुदान प्रदान भएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई रु १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई रु ६ लाख ४० हजार अनुदान उपलब्ध भएको हो ।

दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए ।

सहकारी मार्फत अहिलेसम्म कृषकले सबैभन्दा बढी रु ७ हजारसम्म रकम बुझेका छन् । सरकारले कृषकलाई उत्पादनमा प्रति लिटर १ रुपैयाँ अनुदान दिने भएपछि जिल्लाका १२ वटा दुग्ध सहकारी संस्था रकमका लागि छनोट भएका थिए ।

“गोठ, भकारो, घाँस उत्पादन लगायत क्षेत्रमा लगानी गरेपनि खासै उपलब्धिमूलक भएन,” डा श्रेष्ठले भने । १ वर्षको दूध उत्पादनको अवस्था हेरेर दुग्ध सहकारी मार्फत कृषकलाई अनुदान दिइने उनले बताए ।

मूल्याङ्कन समितिमार्फत छनोट गरिएका बनेपा रविओपीको देउराली दूध उत्पादक सहकारीले रु २० लाख ९ हजार, ५ खाल अनोकोटको अनेकोट दुग्ध उत्पादक सहकारीले रु ४ लाख १० हजार, मण्डनदेउपुर नगरपालिका महादेवस्थानको रानीटार दुग्ध उत्पादक सहकारीले रु ६ लाख २३ हजार, ५ खाल नगरपालिकाको शिखरपुर श्रीराम पाटी दुग्ध उत्पादक सहकारीले रु २ लाख १६ हजार तथा देउपुरको ब्रम्हयणी दुग्ध उत्पादक सहकारीले रु १ लाख ८३ हजार वार्षिक अनुदान पाउने छन् ।

त्यस्तै धुलिखेलस्थित कालिदेवी दुग्ध उत्पादक सहकारीले रु २ लाख ९० हजार, ज्यम्दीको ठूल्दीवँेसी दुग्ध उत्पादक सहकारीले रु ३ लाख ५४ हजार, मण्डन देउपुरको इन्द्रवती बहुउद्देश्यीय सहकारीले रु २ लाख ७० हजार, मङ्लटारस्थित तिमाल महाभार बहुउद्देश्यीय सहकारीले रु ९लाख ७८ हजार र देवीपन्चकन्या बहुउद्देश्यीय सहकारीले रु २ लाख ४७ हजार अनुदान पाउने कायार्मलयले जनाएको छ ।
प्रकाशित मितिः २०७४ असार २८

वि.सं.२०७४ असार २८ बुधवार १३:१९ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...