back
NMB ad

पशुजन्य उत्पादनको लागत घटाउन घाँसखेती

Kumari bank ad

म्याग्दी । किसानले पशुजन्य उत्पादनको लागत घटाउन घाँसखेती गर्न थालेका छन् । व्यावसायिक रुपमा गाईभैँसी र बाख्रापालन गरेका किसान घाँसखेतीतर्फ आकर्षित भएका हुन् ।

हिउँदे, बर्खे भूइँघाँस, डालेघाँस र बहुबर्षे घाँसखेती विस्तार भएको छ । घाँसबाट आहार आपूर्ति गराउँदा पशुजन्य उत्पादनको लागत घटाउन सकिने बेनी नगरपालिका– १० तोरीपानीका किसान आनन्द रिजालले बताए ।

दानाको खपत कम गरी घाँसको आहार आपूर्ति गराउन सकेमा मासु, दूधलगायत पशुजन्य उत्पादनको लागत घट्ने र किसानलाई फाइदा पुग्ने रिजाल भन्छन् । नेपियर, मलाटो, सेटेरिया, राईखन्यु, इपिलइपील, बडहर, टाँकी, किम्बू, निमारोलगायत प्रजातीका घाँस व्यावसायिक पशुपालकका लागि उपयोगी देखिएको छ ।

यसैगरी केही किसानले जैघाँसको पनि खेती गरेका छन् । दानामा आधारित आहारलाई कटौती गरी घाँसमा आधारित आहारलाई प्रर्वद्धन गर्न जिल्ला पशुसेवा कार्यालय, भू–संरक्षण कार्यालय, वन कार्यालयलगायत विभिन्न सङ्घ संस्थाले निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएका छन् ।

उत्पादन लागत घटाउन र पशुजन्य उत्पादनको गुणस्तर वृद्धीका लागि घाँसखेती विस्तारलाई जोड दिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाइँले बताए । पशुसेवा कार्यालयले निःशुल्क रुपमा घाँसका बिरुवा वितरण गर्न सुरु गरेको छ । यस वर्ष करिब ६० हजार घाँसका बिरुवा वितरण गरिने छ ।

१० असार २०७३, ३।००

वि.सं.२०७३ असार १० शुक्रवार १५:३१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...