back
NMB ad

अमेरिकाको ‘ग्रीन कार्ड’ लिने सोचमा हुनुहुन्छ ? त्यसोभए यो पढ्नुहोस्

Kumari bank ad

अमेरिकाको स्थायी भिसा (ग्रीन कार्ड) लिन चाहनेका लागि जटिलता बढेको छ । अब अमेरिकी आप्रवासनका अधिकारीले ग्रीन कार्ड आवेदकलाई अन्तर्वार्ता लिने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार यसले भीसा आवेदन प्रकियामा ढिलाई हुने देखिएको छ । यो नयाँ नीति आगामी अक्टोबर १ तारिखदेखि लागु हुने पोलिटिकोमा उल्लेख छ ।

शुक्रबार अमेरिकी नागरिकता तथा आप्रवास सेवा (युएससिआइएस)का प्रवक्ता कार्टर ल्याङ्सटनले रोजगार आधारित भिसा लिएको व्यक्तिले स्थायी भिसा आवेदन दिन अन्तर्वार्ता दिनुपर्ने नियम लागु गर्ने पृष्टि गरेका हुन् ।

शरणार्थीको पारिवारका सदस्यले पनि प्रभिजनल स्टेटसका लागि आवेदन दिदाँ अन्तर्वार्ता दिनुपर्ने हुन्छ । त्यसपछि मात्र ग्रीन कार्ड प्राप्त हुन्छ ।
यो अनिवार्यरुपमा अन्तर्वार्ता राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अन्तर्गतको हिस्शा हो । यो अन्तर्वार्तालाई ट्रम्पले अमेरिका आउने अप्रवासी तथा आगन्तुक माथि ‘कडा निगरानी’ गर्न ल्याइएका नीतिमध्ये एउटा पाटोको रुपमा लिइएको छ ।

भविष्यमा भिसाका लागि दायरा अझ बढ्दै जाने ल्याङ्सटनले बताए । उनले भने, ‘यो नीति अमेरिकाको सुरक्षा जोखिम र दंगाबाट बचाउनका लागि अपनाइने वृहत रणनीति अन्तर्गतको पाटो हो ।’

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार आर्थिक वर्ष २०१५ मा करिब एक लाख ६८ हजार प्रवासीले ग्रीन कार्ड प्राप्त गरेका थिए । जसमध्ये अधिकतम करिब १ लाख २२ हजारले रोजगार भिसाबाट स्थायी नागरिकता पाएका थिए ।

ट्रम्पले सत्तामा आएपछि एचवानबी भिसामा पनि कडाई गरेका थिए । यसले प्रवासीहरुमा निकै प्रभाव पारेको थियो । एचवानबी भिसा दक्ष मानिसका लागि जारी गरिन्छ । युएससिआइएसका अनुसार यसमा वैज्ञानिक, इञ्जिनियर तथा कंप्यूटर प्रोग्रामर छन्। प्रत्येक वर्ष करिब ६५ हजार मानिस लट्री सिस्टमबाट भिसा प्राप्त गरिरहेका छन् ।

प्रकाशित मितिः २०७४ भदौ ११

वि.सं.२०७४ भदौ ११ आइतवार १६:०५ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...