back
NMB ad

पर्वतमा ग्राहक नआउँदा लाखौँ मूल्यको भुइँस्याउ कुहिन थाल्यो

Kumari bank ad

पर्वत । आलु र कोदोखेती छाडेर गतिलो आम्दानी गर्ने आशामा  भुइँस्याउको व्यावसायिक खेती सुरु गरेका यहाँका कृषक समस्यामा परेका छन् ।

उत्तरी पर्वतको लेखफाँट, शालिजा, क्याङलगायतका गाविसका कृषक उत्पादित भुइँस्याउले उचित मूल्य र बजार नपाउँदा  चिन्तित बनेका हुन् । ग्राहक नआउँदा लाखौँ मूल्य बराबरको भुइँस्याउ कुहिन थालेको कृषकले गुनासो गरेका छन् । आलु उत्पादनको प्रमुख पकेट क्षेत्र मानिने पर्वतको उत्तरी क्षेत्रका कृषक विगत तीन वर्षदेखि व्यावसायिक रुपमा भुइँस्याउ (ग्राउन्ड एप्पल) खेतीतर्फ आकर्षित बनेका थिए ।

आलुको भन्दा पाँच गुणा बढी उत्पादन हुने र राम्रो बजार मूल्यसमेत पाउने आशामा आलु छाडेर भुइँस्याउको खेतीमा लागेका कृषकले प्रतिकिलो एक हजारका दरले बीउ खरिद गरेर खेती गरेका थिए । सहजै बिक्री हुने अनुमानमा ठूलो क्षेत्रफलमा खेती गरेकाहरु टाउकोमा हात समाएर बस्न बाध्य भएका छन् । जिल्लाको उत्तरमा पर्ने लेकफाँट, शालिजा, बनौ, क्याङ, भुकलगायतका गाविसमा विगत तीन वर्षदेखि भुइँस्याउको व्यावसायिक खेती थालिएको थियो ।

G 3

पहिलो वर्षमा लगाएको खेतीबाट राम्रो आम्दानी गरेको तर गत वर्षदेखि उचित मूल्य पाउन छाडेको कृषकको भनाइ छ । पहिलो वर्ष कोरियामा समेत निकासी भएकाले रामै्र आम्दानी भएको थियो । भुइँस्याउ विशेषगरी पाँचतारे होटलमा बढी माग हुने गरेको छ भने यसबाट वाइनसमेत बनाउन सकिन्छ । “पहिलो वर्ष परीक्षणको रुपमा लगाउँदा राम्रो आम्दानी भएको थियो”, लेकफाँटका कृषक कृष्णबहादुर रञ्तिजाले भने – “यो वर्ष अहिलेसम्म व्यवसायी खरिद गर्न आएका छैनन् ।”

G 1

अहिले घर घरमा भुइँस्याउ खनेर थुपारेको भए पनि बजार नपाउँदा समस्या भएको उनले बताए । सामान्यतः चिसो ठाउँमा बढी खेती हुने भएकाले माथिल्लो भागका अधिकांश गाविसमा यसको व्यावसायिक उत्पादन थालिएको हो । अहिले उत्तरी गाविसका प्रायःजसो सबै घरधुरीले ५० देखि पाँच हजार बोटसम्म लगाएको स्थानीय हरिमाया पुनले बताए । सुरुमा काठमाडौँका तारे होटल र वाइन बनाउने कम्पनीहरुबाट माग आएपछि यसको व्यावसायिक खेती सुरु भए पनि अहिले कतैबाट माग नआएको कृषक रञ्तिजाले बताए । “यो औषधि र नगदेबालीका रुपमा प्रयोग गर्न सकिने भएकाले व्यावसायिक रुपमा थालेका हौँ, उनले भने  – तर यसको बजार राम्रोसँग पाउन सकेनौँ ।”

Graund apple 2

पोखरा, काठमाडौँलगायतका क्षेत्रमा प्रचारप्रसारको अभाव भएकाले पनि व्यापारीहरु खरिद गर्नका लागि नआएको उनले बताए । भुइँस्याउबाट सलाद, जुस र अन्य परिकार हुन्छन् भने वाइन बनाउनका लागि सबैभन्दा बढी प्रयोग हुने गर्दछ । यसलाई पखालेर काँचै खाँदासमेत स्वादिष्ट हुन्छ । पछिल्लो समयमा गाउँमै यसबाट रक्सी बनाउन थालिएको छ । यसको सेवनले जोर्नी दुखेको र मधुमेह रोगलाई समेत निको पार्ने भएकाले अधिकांश घरधुरीले आफ्नै प्रयोजनका लागि पनि खेती गरेको बताउँछन् ।

गएको वर्ष पर्वतमा १५ टन भुइँस्याउ उत्पादन भएको थियो । गत वर्ष यहाँ उत्पादित भुइँस्याउ कोरिया निकासी भएको कृषक अमबहादुर रोकाले बताए । “कोरियाबाटै माग आएकाले यस वर्ष नेपालमा भन्दा विदेशमा नै बिक्री ग¥यौँ” उनले भने, “‘स्वदेशी र विदेशी बजारमा राम्रो माग भएकाले यसको खेती विस्तारमा जुटे पनि यस वर्ष माग नआएकाले समस्या परेको छ ।” भुइँस्याउ एउटा बोटमा नौ केजीसम्म उत्पादन हुने र बजार मूल्यसमेत राम्रो भएकाले कमाइसमेत राम्रो हुने कृषक बताउँछन् । अहिले प्रतिकिलो ५० मा बिक्री हुँदै आएको कृषकले जानकारी दिएका छन् ।

Graund apple

२३ माघ २०७२

वि.सं.२०७२ माघ २३ शनिवार १०:३५ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...