back
NMB ad

कतारमाथिको नाकाबन्दीपछि गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठक शनिबार

Kumari bank ad

दुबई। आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठक शनिबार दुबइमा बस्ने भएको छ । कतारका छिमेकी अरब देशहरुले नै उसमाथि नाकाबन्दी पनि लगाएका छन् ।

कतारमाथि छिमेकी गल्फ देशले गत जुन ५ देखि नाकाबन्दी लगाएका छन् । ती देशले कतारमाथि अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुको साथै नाकाबन्दी पनि लगाएका छन् । उनीहरुले कतारसँगको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन विभिन्न शर्त पनि राखेका छन् ।

यसै विषयमा बहराइनको राजधानीमा आइतबार अरब राष्ट्रहरुका विदेशमन्त्रीको बैठक बस्न लागेको हो । कतारमाथि प्रतिबन्ध एवम् नाकाबन्दी लगाइएको झण्डै दुई महिनापछि उनीहरुको यो बैठक दोस्रो पटक बस्न लागेको हो । विशेषगरी गल्फकै ती राष्ट्रले कतारमाथिको यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्ताव अघि सारेका छन् । तर ती प्रस्तावमा कतारको समर्थन छैन ।

उनीहरुले राखेका शर्तमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने पनि हो । यो सहित उनीहरुले सामुहिक रुपमा १३ वटा विभिन्न शर्त अघि सारेका छन् । उनीहरुले राखेका यी शर्त पूरागर्न कतार अनिच्छुक छ । कतार समस्याको समाधानका लागि भन्दै कुवेतले मध्यस्थता गरिरहेको छ । तर त्यो प्रभावकारी हुन सकिरहेको छैन । ती देशले कतारले इरानसँगको कूटनीतिक सम्बन्ध पनि तोड्नुपर्ने र कतारमा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने कुरा पनि आफ्नो शर्तमा राखेका छन् । रासस/एएफपी

प्रकाशित मितिः २०७४ साउन १६

वि.सं.२०७४ साउन १६ सोमवार ११:२० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...