back
NMB ad

चुनावको रौनकले छोपेको बेला चैते धान रोप्ने चटारो !

Kumari bank ad

गुल्मी । सिंचाई सुविधा भएको र सिमसार क्षेत्रका किसानहरुलाई अहिले चैते धान लगाउन निकै हतार छ । गुल्मीको चौरासी फाँट, मजुवा, चाँपटारी, शान्तिपुर, रुपाकोट, खज्र्याङ, जुहाङ, हँसरा, हस्तिचौर, कुर्घा लगायतका फाँटहरुमा चैते धान खेती हुने गर्दछ ।

गुल्मीको चार सय ४० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गर्दछ । सिंचाईको सुविधा भएमा दुई सय ९५ हेक्टर क्षेत्रफलमा चैते धान बिस्तार गर्न सकिने जिल्ला कृषि विकास कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महत्तोले बताए । गएको वर्षको उत्पादन आंकडा हेर्दा जिल्लामा १३ सय ७६ मेट्रिकटन चैते धान उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ ।

चैते धान खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उदेश्यले जिल्ला कृषि विकास कार्यालयले बृहत्तर धान उत्पादन कार्यक्रम लागु गरेको छ । यो कार्यक्रम जिल्लामा पहिलो पटक लागु गरेको हो । जिल्लामा केही ठाउँमा सिंचाई सुविधा भएपनि किसानहरुमा उर्जा नभएका कारण खेत बाँझो रहने अवस्था आएकोले त्यसलाई किसानहरुले बाँझो नराखुन् भन्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

किसानले चैते धान खेती गरेको क्षेत्रफलको आधारमा अनुदान वितरण हुने वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले बताए । पन्थीका अनुसार एक हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने किसानले पाँच हजार अनुदान पाउने व्यवस्था रहेको छ ।

अनुदानका लागि नागरिक, विमा र कित्ता नम्बर अनिबार्य गरिएको छ । यो कार्यक्रमले एक सय हेक्टर क्षेत्रफल सम्मको लक्ष्य लिएको कार्यालयले जनाएको छ । चैते धानमा रोग किरा पनि कम लाग्ने भएकोले पनि गुल्मीमा वर्षौंदेखि किसानहरुले चैते धान खेती गर्दै आएका छन् ।

प्रकाशित मितिः २०७३ चैत २६

वि.सं.२०७३ चैत २६ शनिवार १६:१३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...