काठमाडौ । धनकुटामा केन्द्रीय कार्यालय रहेको गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० रुपैंया अंकित एक लाख ८० हजार कित्ता अर्थात १ करोड ८० लाख बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाको दोस्रो साधारण सभा कात्र्तिक २२ गते होटल प्यासिफिक, धनकुटामा भएसँगै उक्त प्रस्ताव पारित भएको हो ।
१० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्तले हाल कायम रहेको चुक्तापुँजी दुई करोड ८० लाख रुपैयाँको ५० प्रतिशत संस्थापक हकप्रद सेयर जारी गरि चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्ने विशेष प्रस्ताव पनि साधारणसभामार्फत पारित गरेको छ । अब आईपीओ जारी भएपछि कम्पनीको पूँजी छ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित मितिः २०७४ कार्तिक २३
वि.सं.२०७४ कात्तिक २३ बिहीवार १२:५७ मा प्रकाशित